नारी एकता सहकारीको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

२० मंसिर २०७८, सोमबार
577 shares

तुलसीराम पौडेल
अमवा । रुपन्देहीको सियारी गाउँपालिका–७ पश्चिम् अमवा स्थित नारी एकता महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भभएको छ । सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले सहकारीको माध्यमबाट महिला दिदिबहिनीहरुले व्यवसायी बनी आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थालाई सहयोग पु¥याउने शेयर सदस्यहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । कार्यक्रममा संस्थाका अध्यक्ष हुमकान्ती भुर्तेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यसै गरि सस्थाका लेखा संयोजक तुलसा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

संस्थाका अध्यक्ष हुमाकान्ती भुर्तेलको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुद्दोधन बचत तथा ऋृण सहकारी सस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल, उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिस्णु क्षेत्री, सस्थाका पुर्व अध्यक्ष मिठु पौडेल, राधिका खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका पुर्व अध्यक्ष इन्दिरा अर्यालको धन्यवाद ज्ञापन, संस्थाका उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव सीता भट्टराईले गरेकी थिइन ।