ज्येष्ठ नागरिकलाई सम्मान

मेचीकाली संवाददाता

२१ मंसिर २०७८, मंगलवार
382 shares

रामबहादुर गन्धर्व
वाणगंगा, मंसिर २१ । ‘ज्येष्ठ नागरिक बोझ होईनन् हाम्रा सम्पती हुन’ भन्ने मुल नारासहित कपिलवस्तु नगरपालिका–९ वडा कार्यालय जगदीशपुर कपिलवस्तुले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

वडा भित्र रहेका ७० वर्ष भन्दा माथिका ३ सय जना वृद्ववृद्वाहरूलाई सम्मान स्वरूप एकएक थान च्यावनप्रास, लाइट वितरण गरिएको छ । त्यस्तै वडाले ६०÷४० को कार्यक्रम अन्तरगत कृषि क्षेत्रमा टेवा पुर्याउन १ सय ५४ जनालाई स्प्रे टंकी १ सय ३० जना किसानलाई २० किलो बराबरका डेलिभेरी पाइप पनि बितरण गरेको छ ।

कार्यक्रम वडा नम्बर ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेको अध्यक्षता, सोही वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवीहरूको सहभागिता रहेको कार्यक्रम वडा सचिव विजय पोख्रेलले सञ्चालन गरेका थिए ।