बालमैत्री नगरका लागि विद्यार्थीद्वारा जनचेतनामूलक ¥याली

मेचीकाली संवाददाता

२१ मंसिर २०७८, मंगलवार
381 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही मंसिर २९ गते नगरलाई बालमैत्री नगर घोषणा गर्दैछ । बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले तयारी गरिरहेका बेला मंगलबार योगीकुटीस्थित जनजागृति माध्यामिक विद्यालयले जनचेतना ¥याली निकालेको छ ।

विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिको सहयोग र विद्यार्थीको सहभागितामा मंगलबार जनचेतान ¥याली निकालिएको हो । तिलोत्तमा नगरपालिकाले घोषणा गर्न लागेको बालमैत्री नगर घोषणा कार्यक्रमलाई सहयोग पुराउने गरी जनचेतना ¥याली निकालिएको विद्यालयका सहायक प्राचार्य खेमराज खनालले बताए ।

‘बालमैत्री तिलोत्तमा हामी सबैको जिम्मेवारी, बाल सहभागिताको सुनिश्चितता गरौं, वातावरण स्वच्छ र सफा राखौं’ भन्नेलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहितको विद्यार्थीले जनचेतनामूलक ¥याली निकालेका हुन् ।

विद्यालयको प्राङ्गणबाट निकालिएको ¥यालीले तिलोत्तमा वडा नम्बर २ मा परिक्रमा गरेको गरेको थियो । बाल अधिकार सुनिश्चित गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विभिन्न खालका चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।