निगरानी समुह तथा सल्लाहकार समितीबीच अन्तरक्रिया

मेचीकाली संवाददाता

२२ मंसिर २०७८, बुधबार
406 shares

पार्बती आचार्य
कपिलवस्तु । सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजनामा बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा लैंगिक हिंसामा आधारित हिंसा न्युनिकरणका लागि सञ्चालक समिती, निगरानी समुह तथा सल्लाहकार समिती बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ‘घरैबाट शुरु गरौं महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा सहित सहकारीको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी कार्यपालिका सदस्य सरितादेबी ढकालले लैगिक हिंसा न्युनिकरणका लागि महिलाहरु आत्म निर्भर हुनुपर्नेमा जोड दिएकी थिईन् । सम्पुर्ण दिदी बहिनीहरुले आफुले जानेका र सिकेका सिपहरुको सदुपयोग गर्न सके आर्थिक संमृद्धि बृद्धि हुनुका साथै हिंसा समेत न्युनिकरण हुने बताईन् ।

यस्तै वडा नं. ४ का वडा सदस्य ईन्दिरा पन्तले महिलाहरु सक्षम भएमा आफ्ना समस्या तथा पीडाहरुलाई अगाडी बढाउन सक्ने भए भने मात्र महिलाहरु माथि हुने बिभिन्न हिंसा न्युनिकरण हुने बताईन् । धेरै जसो अति बिपन्न परिवारका महिलाहरुले बिभिन्न हिंसाहरु मादक पदार्थ सेवन कर्ताहरुबाट नै बढी हिंसामा परेको भन्दै हिंसाहरुलाई न्युनिकरण गर्नकालागि सबैले हातेमालो गर्न आबश्यक भएको बताईन् ।

सहकारीका लेखा संयोजक बिनिता आचार्यको स्वागत तथा सहकारीका सचिव सुनिता सेनको संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहकार चेतना अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी हुन् । कार्यक्रममा सञ्चालक समितीका पदाधिकारीहरु, निगरानी समुहका सदस्यहरु र सल्लाहकार समितीका पदाधिकारीहरु गरी २५ जनाको सहभागिता रहेको सहकारीका ब्यबस्थापक बिद्या शमाले जानकारी दिईन् ।

कार्यक्रम संस्थाका अध्यक्ष नूमि शर्माको अध्यक्षता, कार्यपालिकाका सदस्य सरिता देबी ढकालको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी वडा नं ४ का वडा सदस्य ईन्दिरा पन्त, सहकारीका सल्लाहकार चेतना अधिकारी, निगरानी समुहका ईन्दु खाँण, बिष्णु ढुंगाना लगाएतको आतिथ्यता रहेको थियो ।