पत्रकारहरुलाई प्राथमिक आँखा उपचार तालिम

मेचीकाली संवाददाता

२२ मंसिर २०७८, बुधबार
500 shares

पार्बती आचार्य
कपिलवस्तु। कपिलवस्तुका क्रियाशिल पत्रकारहरुका लागि एक दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना, नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ (एन.ए.बी.पी.), नर्वेको आर्थिक सहयोगमा बुद्धभुमी–२ गोरुसिंगेमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ दाङ शाखाका सभापति केन्द्रिय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले अन्धोपना न्युनिकरणका लागि यस कार्यक्रमले ठुलो भुमिका खेलेको बताए । कोहि नागरिकको अन्धोपनाका कारण जिवन अन्धकार नबनोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

विगत ३० औँ बर्ष देखि आँखा सम्बन्धी विभिन्न प्रशिक्षण मुलक कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्ने दातृ निकायहरुलाई धन्यवाद दिएका थिए । उनले स्थानीय, प्रदेश तथा संघिय सरकारले अहिले सम्म अन्धोपन न्युनिकरणका लागि कुनै पनि सहयोग नगरेको हुँदा अब सञ्चारकर्मीको कलमले सहयोग हुने अपेक्षा समेत व्यक्त गरे । देशको चौथो अंगको रुपमा सञ्चारकर्मी रहने भएकाले यस तालिमले अन्धोपना न्युनिकरणका लागि अहम भुमिका खेल्ने बताए ।

२०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघले राप्ती, लमही र बहादुरगंजमा सञ्चालन गरिएका आँखा उपचार केन्द्रबाट २ लाख जनाको मोतिया बिन्दु सर्जरी र ३० लाख जनालाई ओपिडि सेवा मार्फत उज्यालो देखाएको सुचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।
तालिममा विश्वमा ५ सेकेण्डमा १ जना व्यक्ति र नेपालमा हरेक दिन १ सय २५ जना व्यक्तिहरु दृष्टिबिहिन हुने गरेको तथ्यांक रहेको छ । समयमै उपचार पायो भने ८० प्रतिशत निको हुने बताईएको थियो । तालिमका प्रमुख प्रशिक्षक बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले आँखाका भागहरु, आँखा सम्बन्धी रोगका प्रकार, आँखा स्वस्थ राख्न अपनाउनुपर्ने उपायहरुको बारेमा स्पष्ट पारेका थिए ।

उक्त तालिममा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासनिक समिती संयोजक शारदा चौधरीको अध्यक्षता, अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्मा कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तब्य दिएका थिए । सुचना अधिकारी बालाराम खड्काको संचालन रहेको कार्यक्रममा नेत्रज्यातीसंघ दाङ् शाखाका सचिव सुरेन्द्र बहादुर खड्का, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्शेर थापा, एन.ए.बि.पि.का बिश्व दर्शन ढुंगाना, रमेश पोख्रेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्य लगायत जिल्लाका क्रियाशिल २ दर्जन बढी पत्रकारहको उपस्थिती रहेको थियो ।

अस्पतालले कपिलवस्तुका स्थानियतहहरु संग सहकार्य गर्दै निशुल्क आखाँ शिवीर संचालन गदै आएको छ । भने आखाँ अस्पतालले आर्थिक अवस्था कमजोड भएका आँखाका बिरामीहरुलाई प्रभावकारी सेवा दिदै आएको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजले जानकारी दिएको छ ।