त्रिभुवन युनाइटेडमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

मेचीकाली संवाददाता

२३ मंसिर २०७८, बिहीबार
383 shares

बुटवल, मंसिर २३ । बुटवल उपमहानगरपालिका वडा नम्बर–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीको कक्षा ११ का अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरू बिहीबार एक विशेष कार्यक्रमका साथ स्वागत गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शैक्षिक क्षेत्रमा बुटवलले ठूलो योगदान पु¥याएको बताए । उनले संस्थागत विद्यालयमा शैक्षिक उपलब्धी धेरै राम्रो भएको बताए । बुटवलको शिक्षामा आमूल परिवर्तन ल्याउन आफू सधै तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका निमित्त प्रमुख कमल प्रसाद अर्यालले विद्यार्थी अनुशासित र लगनशील भएर अध्ययन गर्नुपर्ने बताए ।

सो कार्यक्रममा विद्यालयका अध्यक्ष उमाकान्त बस्याल, प्राचार्य शंकर थापा, सह प्राचार्य रामचन्द्र बस्याल, नेपाल टेलिकमका अधिकृत नारायण पोखरेल, बालाराम भट्टराई लगायतले बोल्दै छोटो समयमै विद्यार्थीले सबैको रोजाइँमा परेको भन्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्दै अगाडि बढनुपर्ने बताए । विद्यालयका कक्षा ११ र १२ मा गरी ५०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा होटल म्यानेजमेन्ट र कम्प्युटर विद्यालयको पढाई हुन्छ ।

सो अवसरमा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यार्थी सुमन थापाको अध्यक्षता, निश्चल थापा, आरती न्यौपाने र मुना बस्यालको स्वाग तथा अंकित रायमाझी र राजन बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।