लैंगिक हिंसाको अवस्था सम्बन्धि कार्यपत्र प्रस्तुत तथा वृहत अन्तरक्रिया

मेचीकाली संवाददाता

२४ मंसिर २०७८, शुक्रबार
524 shares

सुनिल आचार्य

कपिलवस्तु । घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा सहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको १५ औं दिनमा जिल्लामा लैंगिक हिंसाको अवस्था सम्बन्धि कार्यपत्र प्रस्तुत तथा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रत्नकाजी बज्राचार्यले बिश्वमा लैंगिक हिंसाको परिवेश, १६ दिने अभियानको पृष्ठभुमि, लैंगिक हिंसा, लैंगिक हिंसाका दुष्परिणाम, कारक तत्व, बालबालिका माथि असर, नेपालमा लैंगिक हिंसा, नेपाल प्रहरी, अपराध अनुसन्धान बिभाग, महिला , बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको ०७६÷०७७ को तथ्यांक र हिंसाका प्रकारका बारेमा प्रस्तुत गरेका थिए ।

यसैगरी कपिलवस्तु जिल्लामा लैंगिक हिंसाको परिवेश , जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रको ३ बर्षको घरेलु हिंसा उजुरी संख्या, कपिलवस्तु अस्पतालमा दर्ता भएको लैंगिक हिंसाको प्रकार, स्थानियतहका न्यायीक समितीमा दर्ता भएका उजुरीहरु लगाएको बिषयमा जानकारी दिएका थिए । साथै लैंगिक हिंसा नियन्तरणमा स्थानिय सरकारको भूमिका र अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको सन्दर्भ , भ्रष्टाचारको परिभाषा र भ्रष्टाचार निर्मुल पार्ने लगाएतका बिषयमा प्रष्ट पारेका थिए ।

जिल्लाको मायाँदेवी गाउँपालिकाका प्रमुख , उपप्रमुख, बुद्धभुमि नगरपालिकाका उपप्रमुख , कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखहरु, गैसस महासंघका अध्यक्ष , बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ, बिभिन्न अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु र सुरक्षाकर्मी लगाएको सहभागितामा प्रस्तुत कार्यपत्र माथि बृहत छलफल भएको थियो ।

सहभागिहरुले लैंगिक हिंसा निवारण कोष स्थापना गरेपनि कार्यबिधि नहुँदा हिंसा प्रभावितहरुले सेवा प्राप्त गर्न नसकेको, बहुबिवाह, नागरिकता लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले लैंगिक हिंसा न्युनिकरण गर्न आफुबाट नै शुरुवात गर्नुपर्नेमा जोड थिए । बिवाह भएको एक साता भित्र बिवाह दर्ता गराउने, बच्चा जन्मेको केही दिन भित्र जन्म दर्ता गराउने हो भने हिंसा सोत कम हुँदै जाने बताए । प्रजिअ पाण्डेले स्थानियतहहरु यस बिषयमा गम्भिर हुन आबश्यक देखिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जुन क्षेत्रमा बढी हिंसा देखिएको छ त्यस क्षेत्रका समुदायहरु बिच लैंगिक हिंसाका सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । समाजमा घट्ने बिभिन्न घटनाहरुमा कमी ल्याउनका लागि प्रहरीले प्रत्येक सामुदायिक बिद्यालयहरुमा समुदाय प्रहरी साँझेदारी जनचेतना मूलक पाठ्य सामाग्री २०७७ हस्तान्तरण गरिएको जानकारी दिए । हाम्रो समाजका मानिसहरुको पढाईमा सचेत भएको तर घरकी पत्नीलाई कुट्न हुँदैन भन्ने बिषयमा भने अझै चेतना नभएको हुँदा घरेलु हिंसा भैरहेको जानकारी दिए ।

जिल्ला समन्वय समितीका उपप्रमुख तारावती चौधरीको अध्यक्षता तथा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था कपिलवस्तुका अध्यक्ष शिवलाल यादवको स्वागत मन्तब्य रहेको थियो । भने जिल्ला समन्वय समिती कपिलबस्तु र जिल्ला प्रशासन कार्यालय कपिलबस्तुको आयोजना तथा गैर सरकारी संस्था महासंघ नेपाल कपिलबस्तुको समन्वय रहेको अन्तरक्रिया कार्यक्रममा युएनएफपीए, युएसएआईडी, किशोरी समुह, सिद्धार्थ सामाजिक बिकास केन्द्र, नेपाल पत्रकार महासंघ, कालिका स्वावलम्बन सामाजिक बिकास केन्द्र, किशोरी अधिकार मञ्च लगाएत २ दर्जन बढी संघ संस्थाहरुको सहयोग रहेको थियो ।