युरो कप विजेता इटालीलाई ४ अर्ब नगद पुरस्कार

मेचीकाली संवाददाता

२८ असार २०७८, सोमबार
865 shares

काठमाडौं । युरो २०२० फुटबल प्रतियोगिता सोमबार विहान सकियो। फाइनल भिडन्तमा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(२ गोलले पराजित गर्दै इटाली च्याम्पियन बन्यो। उपाधिसँगै इटालीले १० मिलियन युरो नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता इंग्ल्यान्डले ७ मिलियन तथा सेमिफाइनल पुगेका स्पेन र डेनमार्कले ५/५ मिलियन पुरस्कार पाए।

यो बाहेक इटाली, इंग्ल्यान्ड, स्पेन र डेनमार्कले समूह चरणदेखि क्वार्टरफाइनलसम्म हात पारेको जितको पनि थप नगद पुरस्कार प्राप्त गरे।क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्राप्त गर्ने व्यवस्था छ।

समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो पाउने उल्लेख छ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्न गर्ने नियम छ। समूह चरणदेखि हात पारेको जितको आधारमा च्याम्पियन इटालीले कुल ३४ मिलियन युरो पुरस्कार प्राप्त गर्‍यो।

कसले कति पाए पुरस्कार ?
इटाली-
३४ मिलियन युरो (४ अर्ब, ८० करोड रूपैयाँ)
इंग्ल्यान्ड- ३०.२५ मिलियन युरो (४ अर्ब, २७ करोड रूपैयाँ)
स्पेन- २२.५ मिलियन युरो (३ अर्ब, १८ करोड रूपैयाँ)
डेनमार्क– २१ मिलियन युरो (२ अर्ब, ९६ करोड रूपैयाँ)
बेल्जियम- १९ मिलियन युरो (२ अर्ब, ६८ करोड रूपैयाँ)
स्विट्जरल्यान्ड र चेक- १६.७५ मिलियन युरो (२ अर्ब, ३६ करोड रूपैयाँ)
युक्रेन- १६ मिलियन युरो (२ अर्ब, २६ करोड रूपैयाँ)
नेदरल्यान्ड्स- १५.७५ मिलियन युरो (२ अर्ब, २२ करोड रूपैयाँ)
स्विडेन- १५ मिलियन युरो (२ अर्ब, १२ करोड रूपैयाँ)
अस्ट्रिया र फ्रान्स- १४.२५ मिलियन युरो (२ अर्ब, ८ करोड रूपैयाँ)
पोर्चुगल, क्रोएसिया, जर्मनी र वेल्स- १३.५ मिलियन युरो (१ अर्ब, ९० करोड रूपैयाँ)
फिनल्यान्ड, स्लोभाकिया, रसिया र हंगेरी- १०.७५ मिलियन युरो (१ अर्ब ४८ करोड रूपैयाँ)
पोल्यान्ड र स्टकल्यान्ड- १० मिलियन युरो (१ अर्ब ४१ करोड रूपैयाँ)
टर्की र नर्थ म्यासेडोनिया- ९.२५ मिलियन युरो (१ अर्ब ३० करोड रुपैयाँ)