लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रमसहित समापन

मेचीकाली संवाददाता

२४ मंसिर २०७८, शुक्रबार
652 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिन सम्म नगरका बिभिन्न स्थानहरुमा रचनात्मक कार्यक्रमहरु संचालन गरी आज १६ औं दिनमा बाणगंगा नगरपालिकाको आयोजनामा औपचारिक रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी चक्रपाणी अर्यालले लैंगिक हिंसा अन्त्य गरी संमृद्ध नगर बनाउन सबैको एक्यबद्धता हुनुपर्नेमा जोड दिएका थिए । हिंसा बिरुद्धका अभियानहरुलाई एक्यबद्धता जाहेर गर्ने र हिंसा भएका छन् भने त्यसलाई दण्डित गर्ने १६ दिने अभियानको लक्ष्य भएको बताएका छन् ।

यसैगरी नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरुद्धको अभियानका रुपमा संसार भरी मनाईनुको मुख्य उद्देश्य भएको नै लिंङ्को आधारमा हुने हिंसा अन्त्य गर्नु भएको बताए । जातीय भेदभाव, आर्थिक, सांस्कृतिक ,सामाजिक र भुगोल लगाएतका कारणबाट हिंसा हुने गरेको समेत बताए । हाम्रो समाजमा अझै पनि पीतृ सतात्मक सोंचले जराहरु फैलाएको हुँदा ती हिंसाका जराहरुलाई टोड्न आ आफ्नो क्षेत्रबाट सबै लाग्न जरुरी देखिएको बताए ।

पछिल्लो समयमा हिंसा महिलाहरुमा मात्र होईन पुरुषहरु र तेश्रो लिंङ्गी भएका कारण, आपाङ्गता भएका कारण, जेष्ठ नागरिक भएका कारण, एकल महिला भएका कारण, बालबालिका भएका कारण, दलित भएका कारणले हुँने हिंसालाई अन्त्य गर्न सकियो भने मात्र समता मुलक समाज निर्माण गर्न र नमुना नगर बनाउन सफल भईने बताए ।
हिंसालाई रोक्नका लागि बाणगंगा नगरपालिका, बिभिन्न अधिकारकर्मी संघ संस्थाहरु राजनैतिक दलहरु, संचारकर्मी, बिद्यालयहरुको शिक्षक शिक्षिकाहरु लगाएत आम नगरवासीहरु एकजुट भएर अभियानमा लाग्न सक्यौं भने शुखी नगर बनाउन सक्ने छौं भन्ने अपेक्षा रहेको उपप्रमुख अर्यालले बताए । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय लेष बहादुर केसीले हिंसा अन्त्य गर्न आफु र आफ्नो घरबाट नै शुरुवात गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस नगर प्रतिनिधी बिष्णु मल्ल, नेकपा माओबादी केन्द्र नगर कमिटी प्रतिनिधी अम्बिका पौडेल, जनमुक्ति पार्टी नगर प्रतिनिधी कृष्ण बहादुर काउच, स्वास्थ्य स्वयमं सेबिका ंकेन्द्रिय उप महासंघका प्रभा पौडेल, नागरिक समाजका उपाध्यक्ष अर्जुन पोख्रेल, झण्डा माबिका प्रधानाध्यापक कृष्ण टण्डन, महिला अधिकारकर्मी चेतना अधिकारी, मानव अधिकारका लागि महिला एकल महिला समिती जिल्ला अध्यक्ष रुपा राई गुरुङ्, महिला सहकारीहरुको नेतृत्व गर्दे मिरमिरे सहकारी संस्थाका अध्यक्ष शान्ता पाण्डे र आत्मरक्षा तालिम लिएकी सलिना पोख्रेल लगाएतले आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका बिभिन्न हिंसाहरु घरबाट नै भैरहेको हुँदा महिलाहरु आर्थिक र सामाजिक क्षेत्रमा अगाडी बढ्न सकेमा लैगिंक हिंसा अन्त्य हुँदै जाने छ भन्ने बिषयमा जोड दिएका थिए ।

हिंसा पीडीतहरुको ब्यबस्थापनको लागि बाणगंगा नगरपालिकाले आवास गृहको स्थापना गर्नुपर्ने महिलाको श्रमको मूल्यांकन हुनुपर्नेमा बिषेश जोड दिएका थिए ।
कार्यक्रममा लैंगिक हिंसाको क्षेत्रमा देश, जिल्ला, नगरको समग्र अवस्थाको बारेमा जानकारी र स्थानियतहबाट गर्न सकिने संभावित कृयाकलापहरुको बारेमा इन्सेक प्रतिनिधी तथा संचारिका समुहका अध्यक्ष पार्बती आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रम महिला बालबालिका समिती संयोजक बाल कुमारी पन्त अधिकारीको अध्यक्षता , महिला बालबालिका समिती सदस्य ईन्दिरा पन्तको स्वागत मन्तब्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला पन्थको संचालनमा नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
अभियानको १६ दिन सम्म पञ्चेबाजा सहित कार्यक्रमको उद्घाटन, दिप प्रज्वलन, सहकारीहरु, निगरानी समुह, महिला बालबालिका समिती, संग अन्तरक्रिया, १३ र २१ गते लैंगिक हिंसा र सामाजिक कुरितीका बिषयमा २ वटा वडामा सचेतना मुलक कार्यक्रम, १५ गते देखि १९ गते सम्म बिभिन्न बिद्यालयका किशोरीहरुका लागि आत्मरक्षा तालिम संचालन गरिएको मंसिर २४ गते अभियानको औपचारिका रुपमा समापन गरिएको सहायक महिला बिकास निरिक्षक हरिना गाहाले जानकारी दिईन् ।

उक्त कार्यक्रममा आत्मरक्षा तालिम लिएका ३५ जना किशोरीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, नगपालिकाका शाखा प्रमुख एवं कर्मचारीहरु, बिभिन्न अधिकारको क्षेत्रमा काम गर्ने अभियान्ताहरु, ईलाका प्रहरी कार्यालयका प्रमुख दिनेश गुरुङ्, बिभिन्न बिद्यालयहरुका प्रधानाध्यापकहरु, बिभिन्न सहकारीहरुका प्रतिनिधीहरु, अपांङ् उत्थानका प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी, बिद्यालयका किशोरीहरु र संचाकर्मी लगाएतको सहभागिता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक बिकास निरिक्षक भगवती आचार्यले जानकारी दिईन् ।