महाकल्प कृषि सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२५ मंसिर २०७८, शनिबार
466 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ पुरैनी स्थित महाकल्प कृषि सहकारी संस्था लिमिटेडको सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले संस्थाले गरेका कामको मुल्यांकन गर्दा कृर्षी क्षेत्रमा काम गर्ने पालिकाको पहिलो सहकारी भएको बताए । संस्थाले कृषकहरूको हितमा काम गरेकोमा धन्यवाद व्यक्त गरे । शुद्धोधन–५ का अध्यक्ष पुन्नेराम गौतमले संस्थाले छोटो समयमै धेरै प्रगति गरेकोमा शुभकामना दिदै सहकारीहरुले कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए । गाउँपालिकाले रासायनिक मल उत्पादनका लागि विशेष प्राविधिक ल्याउने बताउँदै सहकारीले रासायनिक मल उत्पादनमा जोड दिनुपर्ने बताए ।

साधारणसभामा अध्यक्ष विष्णुप्रसाद गौतमले वार्षिक प्रतिवेदन प्रस्तुती गरेका थिए । संस्थाको शेयर पुँजी एक करोड ११ लाख ४४ हजार ८ सय रुपैयाँ, ं एक करोड ९९ लाख ६ हजार ४६९ रुपैयाँ बचत संकलन रहेको छ । यसैगरी १ करोड ५१ लाख ९३ हजर ११७ रुपैयाँ कर्जा लगानी गरि १४ लाख ५ हजार ३४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उक्त कार्यक्रममा सहर्ष सहकारीका अध्यक्ष दलबहादुर श्रीस, समाजसेवी नरबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षता, शुध्दोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष चिन्तामणी खरेलको स्वागत र सचिव नवराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।