ज्ञानपुञ्ज सहकारी साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२५ मंसिर २०७८, शनिबार
462 shares

नगेन्द्र केसी
भुजौली । ज्ञानपुञ्ज बचत तथा ऋण सहकारी सस्था शुद्धोधन गाउँपालिका ५ मानपकडीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
ज्ञानपुञ्ज विद्या मन्दिरमा भएको साधारणसभाको शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले उदघाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले सहकारीहरु एकीकृत हुँदै गएर आफैमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन् ।

एकिकरणले सहकारीलाई थप शसक्त बनाउने बिश्वास व्यक्त गरिन । उनले एकीकृत बनेर संचालन हुने सहकारी सबैभन्दा ठूलो सहकारीको रुपमा स्थापित हुनका लागि सफलताको शुभकामना व्यक्त गरिन । सहकारीका अध्यक्ष कृष्ण बहादुर विष्ट क्षेत्रीले सञ्चालक समितिको प्रतिवेदन, लेखा समिती सदस्य कमल कमल खनाल र सुबास बानियाले लेखा प्रतिवेदन, कोषाध्यक्ष रमेश कुमार कशौधनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष विष्टले प्रतिवेदन प्रस्तुत गर्दै ज्ञानपुञ्ज सहकारी अर्को सहकारी ब्राइट लाइट सहकारीसङ्ग एकीकरण गरि ज्ञान ब्राइट लाइट तथा सहकारी संस्था रहने बताए । यसको केन्द्रिय कार्यालय ज्ञानपुञ्ज संस्थाको कार्यालय रहने छ । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७७÷७८ मा १ करोड ६४ लाख ७७ हजार २सय रुपैंया शेयर पूँजी तथा २ करोड १३ लाख १२ हजार ३७१ रुपैंया बचत संकलन गरेको छ ।

त्यसैगरी ३ करोड ६७ लाख ६२ हजार ७६२ रुपैंया कर्जा लगानी गरी २४लाख २४ हजार ६ सय ७४ रुपैंया मुनाफा रहेको छ । संस्थाले आर्थिक वर्षमा ५ करोड ७६ लाख ९सय ८९ रुपैंयाको कूल कारोवार गरेको छ । सहकारी अध्यक्ष कृष्ण बहादुर विष्ट क्षेत्रीको अध्यक्षता, शुध्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवि ज्ञवालीको प्रमुख्यातामा भएको कार्यक्रममा ज्ञानपुञ्ज विद्या मन्दिरका प्रीन्सिपल तथा सहकारी सल्लाहकार भुमिराज घर्तीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने सभाको संचालन सहकारी सचिव कुलप्रसाद लम्सालले गरेका थिए ।

साधारण सभाको अवसरमा सहकारीले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थी, वृद्धवृद्धा, उत्कृष्ट सेयर सदस्य असल ऋणि लगायतलाई सम्मान गरिएको थियो ।