विद्यालयको जन्मोत्सवमा आश्रमलाई सहयोग

मेचीकाली संवाददाता

२५ मंसिर २०७८, शनिबार
369 shares

तुलसी राम पौडेल
फर्साटिकर । विद्यालयको जन्मोत्सवको शुभ अवसरमा रुपन्देहीको बुटवल–१५ मैनापुरस्थित सिद्दी विनायक इङलिस सेकेन्डरी स्कुलले आश्रमलाई सहयोग गरेको छ ।

लुम्बिनी अपांग दृष्टि विहिन अनाथ आश्रम बुटवल–१५ उजेलापुरमा रहेका ३३ जना असहायलाई स्कुलले एक दिनको खाना सहयोग गरेको हो । सेवा नै परम धर्म भएकोले विद्यालयले सहयोग कार्यक्रम राखेको विद्यालयका शैक्षिक कार्यक्रम संयोजक लिलाधर न्यौपानेले बताए ।

विद्यालय संचालक समितिका सदस्य अर्जुन खत्रीले अनाथ, अपांगको सेवा नै मानवको धर्म भएको बताए । लुम्बिनी अपांग दृष्टि विहिन अनाथ आश्रमका अध्यक्ष मिरा खड्काले विद्यालयले गरेको सहयोग प्रती खुशी प्रकट गरिन ।

आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले आश्रममा व्यवस्थापन गर्न गा¥हो भएको बताए । हामीले गित गाएर, कार्यक्रम गरेर व्यवस्थापन गरेका थियौं तर कोभिडको कारणले कार्यक्रम गर्न नपाउँदा आश्रममा रहेका अनाथ, अपांग एवं दृष्टि विहिनलाई खाना जुटाउन गा¥हो भएको उनको भनाई थियो ।

सहयोगी दाताहरूले गरेको सहयोगमा नै आश्रम संचालन भएको उनले बताए । संचालक समिती सदस्य अर्जुन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्राचार्य शिव अर्यालले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण शर्मा र बिष्णुमाया पुन लगायतको उपस्थिति रहेकोे थियो ।