शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड

मेचीकाली संवाददाता

२६ मंसिर २०७८, आईतवार
467 shares

सुनिल आचार्य
कपिलवस्तु । शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अधिकारको कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र बाणगंगा मानव अधिकार समूहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा सम्पन्न अन्तत्र्रिmया कार्यक्रममा सहभागी सरोकारवालाहरुले मौलिक हकको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
त्यस्तै कोरोनाका कारण अध्यापन नहुँदा पनि शुल्क तिर्नुपरेको, सरकारले निःशुल्क शिक्षा भनेता पनि अनेक बाहानामा विद्यालयले शुल्क लिएको विद्यार्थी हरुले गुनासो गरेका थिए । विद्यार्थीहरुलाई प्रदान गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको विद्यार्थीहरुले गुनासो गरेका थिए ।
यसैगरी बजार अनुगमन हुन नसक्नु, कृषि शाखामा प्राविधिकको संख्यामा कमी हुनु, फर्म दर्ता गर्न लालपुर्जा भएको जग्गा हुनुपर्ने जसले साना फर्मले सेवा तथा अनुदानबाट बन्चित हुनु, कोभिड–१९ कोरोना भाइरसका कारण रोजगारी गुमाएका युवा लक्षित कार्यक्रम हुनपर्ने सुझाव प्राप्त भएका थिए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्दै संविधानमा व्यवस्था गरिएका मौलिक हकको बारेमा स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धीका हक अधिकारबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले नगरवासीलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी हक अधिकारको महशुस गराउन सबै सरोकारवासँग छलफल गरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले कुनै पनि विद्यालयले अतिरिक्त सेवा सुविधाबाहेक शुल्क नलिएको बताउँदै त्यसको अनुगमन गर्ने बताए ।
त्यस्तै कृषि शाखा प्रमुख लेषबहादुर केसीले कृषकले खाद्य वस्तुमा बिषादिको प्रयोग कम गनुपर्नेमा जोड दिएका थिए । मलखादका लागि नगरका २१ वटा सहकारी छनोट गरि क्षेत्रफलको आधारमा कोटा निर्धारण गरिएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्तले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि नगर प्रतिवद्ध रहेको बताईन् । कार्यक्रममा वास अधिकारकर्मी नारायणी पाण्डे, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।
नेपाल शिक्षक महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष दिना सुवेदी कमालले सरकारले निःशुल्क शिक्षा दिने भनेता पनि विद्यार्थीहरुले शुल्क तिनुपर्ने, सेनेटरी प्याडमा गुणस्तरियता नभएकाले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताइन् ।
बाणगंगा मानव अधिकार समूहका सल्लाहकार चेतना अधिकारीको स्वागत तथा सचिव मधु पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गजेहडा स्वास्थ्य चौकी प्रमुख दोर्णप्रसाद बेल्बासे, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष हरि अधिकारी, सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे, कपिलवस्तु जिल्ला सदस्य भगवती न्यौपाने, बाणगंगा मौरीपालन तथा मह उत्पादन सहकारी संस्थाका ब्यबस्थापक नेत्रप्रसाद शर्मा, बाल अधिकार चेतना समूह बाल मावि वैरीया र झण्डा माविका विद्यार्थीहरु, अपांग उत्थान समाज, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।