शुद्धोधन सहकारीको साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न

मेचीकाली संवाददाता

२६ मंसिर २०७८, आईतवार
643 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिका–७ पश्चिम अमवा स्थित शुद्धोधन बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको १४ आँै वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले मिननाथ शर्माको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचीव टंक नारायण आचार्य, कोषाध्यक्ष लाल बहादुर घर्ती क्षेत्री, सहसचीव शिवलाल आचार्य सर्वसम्मत भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा दिपक बहादुर शाही, राजुु क्षेत्री, ऋृषिराम न्यौपाने, सन्तोष गुप्ता भुज, सुरेन्द्र प्रसाद गुप्ता, देवी सापकोटा, सुमन रावल, दिपेश अर्याल सर्वसम्मत भएका छन् । लेखा समिति संयोजक हरि प्रसाद न्यौपाने, सदस्यहरुमा अर्जुन प्रसाद भण्डारी र अर्जुन उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले उक्त साधारण सभा तथा अधिवेशनको उदघाटन गरेका थिए । साथै संस्थाको नव निर्मित भवनको रिबन काटेर उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीले शेयर सदस्यहरुको जीवनस्तर परिवर्तन गर्न सस्थाले शेयर सदस्यहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताए ।

साथै संस्थालाई प्रविधि सग जोडी शेयर सदस्यहरुलाई डिजिटल प्रविधिबाट कारोबार गर्न लगाउनुपर्नेमा जोड दिए । संस्थाको शेयर पूजी ५ करोड १७ लाख ७२ हजार ५०० रुपैयाँ रएको छ भने बचत १३ करोड ५१ लाख ३३ हजार ४०९ रुपैयाँ ६ पैसा र ऋण लगानी १८ करोड ७२ लाख ९५ हजार २४७ रुपैयाँ रहेकोे छ ।

यस सहकारीमा २ हजार ३७ शेयर सदस्यहरु रहेका छन् जस अन्तरगत १ हजार १६४ जना पुरुष र ८७३ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा सहकारीले कारोबारबाट १ करोड ६० लाख १ हजार ८८ रुपैयाँ ३४ पैसा नाफा गरेको छ । यस सस्थाले शेयर सदस्यहरुलाई शेयर पूजिको १५% लाभांश बाडेको छ । संस्थाले सदस्यहरुलाई थप सेवा प्रदान गर्नका लागि गत आर्थिक वर्षदेखि नै सस्थाको आफ्नै शुद्दोधन स्मार्ट मोबाइल बैंकिङ एप संचालन गरि सदस्यहरुलाई बिद्युतीय माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले असल कारोबारी यमनारायण गौतम, टीका बहादुर थापा, पारेश्वर खनाल, गणेश प्रसाद बनिया, जंग बहादुर क्षेत्री, सीता गौतम, प्रेम नारायण अर्याल, मुलचन्द गुप्ता, शेषकान्त रिजाल, लक्ष्मी देवि अर्याल, गंगा बहादुर रानाभाट लाई सम्मान गरेको छ । त्यसै गरि संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा प्रबन्धक सुमन घिमिरे र बजार प्रतिनिधि पेनिदास परियारलाई सम्मान गरेको छ । संस्थाले शेयर सदस्य सन्तति उत्कृष्ट विद्यार्थी अमिसा खनाल, राकेश कुमार बनिया, विनिता नेपाली, विवेक खनाल, विशाल रेग्मी र शिल्पा ज्ञवाली लगायतलाई सम्मान गरेको छ ।

निवर्तमान अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता, नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता, प्रदेश कृषि सामाग्री कार्यालय भैरहवाका प्रमुख पुण्यप्रसाद उपाध्याय र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र धमलाको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष झपेन्द्रराज अर्यालबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यसैगरि सस्थाका निवर्तमान कोषाध्यक्ष कृष्ण नेपालबाट आर्थिक प्रतिवेदन र लेखा संयोजक केशवराज अर्यालबाट लेखाप्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका निवर्तमान उपाध्यक्ष रामपाल यादवबाट स्वागत मन्तव्य र निवर्तमान सचीव रामजीप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष एवं सल्लाहकार अजय अधिकारी, पुर्व अध्यक्ष तथा सल्लाहकार मानबहादुर क्षेत्री, समीप बचत तथा ऋण सहकारीका अध्यक्ष माधव नेपाल, सियारी ७ का कार्यवाहक अध्यक्ष लक्ष्मी विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभा तथा अधिबेशनको निर्वाचन मण्डलको संयोजकमा शेषनारायण अर्याल, सदस्यहरुमा मथुरा यादव र यज्ञराज आचार्य रहेका रहेका थिए ।