सियारी गाउँपालिकाको दशौ गाउँसभा सम्पन्न

मेचीकाली संवाददाता

२९ मंसिर २०७८, बुधबार
684 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिकाको दशौ गाउँसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । गाउँ सभामा स्थानीय तहको व्यवस्थापन गर्न बनेको विधेयक २०७८ र सियारी शिक्षा ऐन तथा नियमावली संसोधनको विधेयक गाउपालिका विधेयक समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष राम किसुन थारुले प्रस्तुत गरेका थिए ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा स्वीकृत भएका योजनाहरु संसोधन गर्न बनेको विधेयक पुर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष थम्मन बहादुर पौडेलले गाउँ सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत गरेका विधेयकहरुबारे छलफल पछि गाउँ सभा अध्यक्ष थारूले गाउँ सभामा प्रस्तुत गरेको विधेयकहरु गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरेका थिए । गाउँ सभा थारुले अहिलेसम्म गाउँपालिकामा भएका बिकास निर्माण सम्बन्धि गतिविधिहरु बारेमा प्रतिबेदन पढेर सुनाएका थिए ।

जसअनुसार सियारी गाउँपालिकामा पुर्वाधार निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषिमा गाउँपालिकामा धेरै काम सम्पन्न भएको बताए । पशु सेवा एकाइतर्फ ५० प्रतिशत अनुदानमा यान्त्रीकरण सहयोग कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशु विकास कार्यक्रमहरु, कृषि विकासतर्फ बीउ वितरण कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । भौतिक पुर्वाधार तर्फ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण, बहुउद्देश्यीय सभा हल निर्माण, कालोपत्र ५४.६७ कि.मि ग्रेभेल, बिस्तार, सडक मर्मत १३२.२९ कि.मि सडक पी.सी.सी ११.५९ कि.मि विद्यालय भवन निर्माण १०४ कोठा लगायत सम्पन्न भएका छन् ।

त्यस्तै स्वास्थ तर्फ जेष्ठ नागरिक, सुत्केरी र गर्भवती र असायको लागि अमवा, हर्नैया चौकिबाट निशुल्क ल्याब सेवा व्यवस्था गरिएको छ । मातृ शिशु मृत्युदर घटाइ सुरक्षीत तरीकाले प्रसुती गराउनको लागि हर्नैया स्वास्थ्यचौकीमा प्रसुती केन्द्र स्थापना गरि प्रसुती सेवा संचालन गरिएको छ । साथै विरामिहरुलाई समयमै उपचारको लागि केन्द्रसम्म लैजानको लागि हर्नैया स्वास्थ्यचौकीमा एम्बुलेन्स सेवाको शुरूवात गरिएको र जेष्ठ नागरिक, विपन्न नागरिक, सुत्केरी गर्भवती, नव शिशु र कोभिडका विरामीहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ।गाउपालिकाले जगत जननी कार्यक्रम संचालन गरि गर्भवती सुत्केरी महिला, नव जात शिशुलाई कुपोषण बाट बचाउनको लागि निशुल्क पौस्टिक आहार र औषधि लिएर सुत्केरी भेटघाट कार्यक्रमलाई सक्रिय रूपमा लागू गरिएको छ । गाउँपालिकामा मोतियाविन्दु भएका विरामिहरुलाई निशुल्क अप्रेसनको व्यवस्था गरेको छ।सियारीबासिको स्वास्थ्य सेवामा पहुच होस भन्नको गाउपालिकाले मेडिकल डाक्टरको नियुक्त गरेको छ ।

अब सियारीबासिलाई उपचारको लागि धेरै सहज भएको छ । गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आफू पद बहाली भएदेखि नै गाउँपालिकाका महिला बालबालिकाको अधिकार र सुरक्षाको लागि सक्रिय भुमिका खेल्दै आएको बताइन् । न्याय समितिको संयोजक भएकोले गाउँपालिकामा दर्ता भएका मुद्दाहरु गाउपालिकामामै मिलापत्र गराउन सफल भएको बताइन । सियारी बासीलाई आफ्नो टोलमा हुने गरेका झै झगडा वडामै समाधान गर्न प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र खोलेको बताइन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीनप्रसाद भट्टराईले सियारी गाउँपालिकाले निर्णय गरेका कुराहरू सत प्रतिशत प्रतिफल दिन सफल भएको बताए । बाटाघाटा,प्रशासनिक भवन, स्वास्थ्य शिक्षा, कृषि हरेक क्षेत्रमा रुपन्देहीका अन्य गाउपालिका भन्दा अग्रता लिएको बताए । गाउँपालिकामा प्रशासनिक भवन, सभा हल, स्वास्थ्यचौकी, बाटा घाटाहरु, गाउँ गाउँमा नाली सम्पन्न भैसकेको छ । विद्यालयको भौतिक पुर्वधार विकास, शिक्षक अनुदानको व्यबस्था गरिएको छ।विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । कोभिडको अवस्थामा अनलाइनको व्यवस्था गरि कक्षा संचालन गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर २ का अध्यक्ष राम किसुन थारु, राप्रपाको तर्फबाट वडा नम्बर १ का कार्यबाहक अध्यक्ष धनराज शर्मा, नेकपा एमाले सियारीका अध्यक्ष एवं वडा नम्बर ६ का अध्यक्ष शेरबहादुर गुरुङले सियारी गाउँपालिकाका विकास गतिविधि बारे आआफ्नो विचार राखेका थिए । गाउँ सभामा उठेका प्रशनहरुको जवाफ गाउँपालिका अध्यक्ष थारु र प्रमुख प्रशासकीय अधिकृत भट्टराईले दिएका थिए । कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख चिरञ्जीवी गौतमले गरेका थिए ।