नेपाल उद्योग व्यवसाय महासंघ बुटवलमा नयाँ नेतृत्व

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्न पूर्वअर्थमन्त्रीको आग्रह

मेचीकाली संवाददाता

२९ मंसिर २०७८, बुधबार
593 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्ध आधारलाई प्रभावकारी बनाएर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको बुटवल उपमहानगरस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माणबाटै समृद्धि हासिल हुने भएकाले अबको ध्यान भनेकै आर्थिक क्रान्ति रहेकोमा जोड दिए ।
महासंघको बुटवलमा आयोजित प्रथम नगरस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सह–इन्चार्ज लिला गिरीले उद्योग व्यवसायका माध्यमबाट सबल अर्थतन्त्र निर्माण गर्न सकिने बताए ।

नेपाल उद्योग व्यवसाय महासंघका केन्द्रीय सचिव तथा रुपन्देहीका अध्यक्ष बालाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका महासचिव भागिरथ सापकोटा, महासंघका प्रदेश अध्यक्ष माधवकुमार नेपाल, महासंघका इन्चार्ज मोतिलाल पाण्डे, जनसंगठनका तर्फबाट पार्टीका नेता ऋषिराम पाण्डे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेकपा एमालेका बुटवल उपमहानगर अध्यक्ष किसन ज्ञवालीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भेलाको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष भट्टराईले महासंघको संगठन विस्तार र आर्थिक सबलीकरणको अभियानलाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेलाले माधवकुमार खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा केशव खनाल, उपाध्यक्षमा अशोक कुँँवर, सचिवमा गेहेन्द्रराज न्यौपाने, उपसचिवमा आशिष सूर्यवंशी, गोपाल प्रधान, अनुपमा श्रेष्ठ, चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कृष्ण शर्मा पौडेल, सहकोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् ।

सदस्यहरुमा कपिल ज्ञवाली, अभिषेक भारी, विष्णु पाण्डे, लोकहरि पाण्डे, सुवास घिमिरे, रणबहादुर खनाल, रामबहादुर गुरुङ, चिरञ्जीवी अधिकारी, डोलराज फुल्लेल, भीमलाल ज्ञवाली, बृन्दा आचार्य, नन्दराम भुसाल, ध्रूव ज्ञवाली, विकास पन्त चयन भएका छन् ।
यस्तै सदस्यमै शेषकान्त पाण्डे, केवश पन्त, प्रकाश बञ्जाडे, बालधर गोदार, राधा पाण्डे, निलम विक, नेतन गुरुङ, गोविन्द लामिछाने, खलिल मिया, कृष्ण अधिकारी, राजिव गौतम, नलराज नेपाल, ध्रूवकुमार शर्मा, भोजराज खनाल, गंगाबहादुर सुनार, जीवन गौतम, गणेश रायमाझी, दीपक घिमिरे, कृष्ण काडी (राजु), हेमराज मरासिनी, सारदा श्रेष्ठ तथा चक्रवती थापा र रामप्रसाद बेल्बासे चयन भएको निर्वाचन समितिका संयोजक बाबुराम पन्थीले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासंघका सचिव केशव पन्थीले गरेका थिए ।