दिव्यज्योती सहकारीको साधरणसभा सम्पन्न

मेचीकाली संवाददाता

१ पुष २०७८, बिहीबार
438 shares

कपिलवस्तु । दिव्यज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था लि.बाणगंगा–५ कपिलवस्तुको १६औं साधरणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका महिला बिकास शाखा प्रमुख शुशिला पन्तले नगरपालिकाबाट हुने सहयोगमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन् । बि.सं.२०५९ सालमा ९६ जना महिला सदस्यहरू संगठित भइ २०६१ साल पुस १९ मा महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको सहयोगमा डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको संस्थाले जनाएको छ ।

व्यवस्थापक बिष्णुमाया भट्टराईले २२ करोड १ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको आयब्याय सार्वजनिक गरेकी थिइन । संयोजक पार्बता भुसालले संस्थामा ६२३ जना शेयर सदस्य, ११ जना कार्यसमिति २ जना कर्मचारी रहेको बताउदै संस्थाको कार्य क्षेत्र बाणगंगा ५,६ रहेको लेखा प्रतिवेदनमा उल्लेख गरिन् । संस्थाको शेयर रकम ८ लाख १७ हजार २ सय रहेकोमा चालु आर्थिक वर्षमा १ लाख ४२ हजार २ सय वृद्वि भएको छ ।

सो अवसरमा संस्थाले उत्कृष्ट बाल बचत गरेको भन्दै प्रज्ञा राउतलाई खादा सहित पुरूकृत गरेको छ। त्यस्तै ३जना ज्येष्ठ महिलाहरूलाई पनि दोसल्ला ओढाइ सम्मान गर्दै आफ्नो अति महत्त्वपूर्ण कार्ययोजना अगाडि सारेको छ ।

कार्ययोजनामा १७७ शेयर सदस्य वृद्वि गरि ८ सय पुर्याउने लैङ्गकि हिंसा न्युनिकरणमा पहल गर्ने, संस्थाको रणनीतिक योजना तयार गर्ने जस्ता योजना अघि सारेको छ ।

स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम माया पाण्डेको अध्यक्षता, जिल्ला जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीको प्रमुख आतिथ्यता र पवित्रा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।