सामुदायिक अगुवाहरुसँग अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

१ पुष २०७८, बिहीबार
538 shares

पार्बती आचार्य
कपिलवस्तु । सुरक्षित आप्रवासन परियोजना (सामी) ले नगरपालिकाका सामुदायिक अगुवासंगहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा ‘सचेत, सिपमुलक र सुरक्षित रोजगारः मर्यादित श्रम र आप्रवासनको मुल आधार’ भन्ने नाराका साथ बाणगंगा नगरपालिकामा कार्यक्रम सम्पन्न गरिएको हो ।

सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्वीस सरकार बिच द्विपक्षिय संझौताको परियोजना हो । यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्वमा संचालित छ । हेल्भेटास नेपालको प्रबिधिक सहयोग तथा बाणगंगा नगरपालिकाको सञ्चालनमा रहेको सुरक्षित आप्रावासन परियोजना (सामी) अन्तरर्गत आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिष्करण प्रभाव न्युनिकरणका बारेमा सामुदायिक अगुवाहरु संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक नारायण पन्थीले परियोजनाको संक्षिप्त परिचय, उद्देश्य र उपलब्धि लगाएतका बिषयमा जानकारी दिएका थिए । यो कार्यक्रम देशको ३९ जिल्लाको १ सय ५६ स्थानियतहमा संचालन छ भने कपिलबस्तु जिल्लाको बाणगंगा, शिवराज, कपिलबस्तु नगरपालिका र मायाँदेबी गाउँपालिकमा कार्यक्रम संचालन गरिएको संयोजक पन्थीले जानकारी दिए ।

बैदेशिक रोजगारमा जाने युवाहरुले सिप सिकेर जाने हो भने बैदेशिक रोजगारमा नेपाली युवाहरुले दुःख भोग्न नपर्ने बताए । मंसिर १५ गते सम्म ३ हजार १ सय ५८ जनालाई परामर्श गरिएको, १० जनालाई सिपमुलक तालिम दिईएको र ८ सय ७९ घरधुरीमा भिजिट गरिएको समेत जानकारी दिएका थिए ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बैदेशिक रोजगारमा जाने युवाहरु धेरै ठगिदै आएको हुँदा हामी जनप्रतिनिधीहरु आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । कार्यक्रममा बुझेका कुराहरु उद्देश्य र महत्वका बारेमा बुझाउन सकिने हो भने नगरका युवाहरुलाई सचेत गराउन सकिने बताउँदै आ आफ्नो ठाउँबाट सबैले हातेमालो गर्नुपर्ने बताए ।

उक्त कार्यक्रम बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा उप प्रमुख चक्रपाणी अर्याल , वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु , प्रमुख प्रशासकिय अधिकृत , नगरपालिकाका शाखा प्रमुखहरु , संचारकर्मीहरु लगाएतको आतिथ्यता रहेको कार्यक्रममा आप्रवासी सुचना केन्द्र परामर्शकर्ता सुवास रेग्मीको सहजी करणमा सम्पन्न भएको थियो ।

यस्तै बैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्यहरुलाई २४ हप्ते कक्षा संचालन गरिएको छ । नगरको १, २, ३ र ४ नं. वडामा कक्षा सम्पन्न गरिएको र ५,६,७ र ८ नं. वडामा कक्षा संचालन गरिएको परियोजनाका बित्तिय साक्षरता सहजकर्ता गोमा घिमिरेले जानकारी दिईन् ।