सियारीमा महिला सशक्तीकरण सम्बन्धि २ दिने प्रशिक्षण

मेचीकाली संवाददाता

२ पुष २०७८, शुक्रबार
745 shares


तुलसी राम पौडेल
सियारी, पौष १

रुपन्देहीको सियारी गाउपालिकामा महिला सशक्तीकरण सम्बन्धि २दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि शुरु भयो । संघिय सांसद विन्दा पाण्डेले कार्यक्रमको उदघाटन गर्नुभयो ।प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास ,जनप्रतिनिधिको दायित्व ,सार्वजनिक अभिव्यक्ति कला,संगठन व्यवस्थापन ,महिलाको लागि कानुन व्यबस्था सम्बन्धि प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको सहजीकरण प्रशिक्षक द्वय विन्दा पाण्डे र सिर्जना काफ्लेले गर्नुभएको थियोे ।

अनेम संघ सियारी गाउपालिका कमिटी अध्यक्ष निरु थापाको अध्यक्षता, संघिय सांसद विन्दा पाण्डेको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तुलसीप्रसाद चौधरीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य एवं सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज गुरुङ ,नेकपा एमाले सियारी गाउपालिका अध्यक्ष शेर बहादुर गुरुङ ,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

अनेम संघ सियारी गाउँ कमिटी उपाध्यक्ष देवकी खरेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन कालिन्दा चौधरीले गर्नुभएको थियो ।