‘आर्थिक रुपमा समृद्ध भएमात्रै देश समृद्ध हुन्छ’

मेचीकाली संवाददाता

२ पुष २०७८, शुक्रबार
525 shares

पार्बती आचार्य
कपिलवस्तु । राष्ट्रलाई समृद्ध बनाउने दायित्व नागरिकको काधमा आएको राष्ट्रियसभा सदस्य विमला घिमिरेले बताएकी छन् । कृषकहरुले आफ्नो आयआर्जन वृद्धि गर्दै आर्थिक रुपमा समृद्ध भए मात्र देश समृद्ध हुने उनले बताइन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुर शाखाको २२ औँ साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै राष्ट्रियसभा सदस्य घिमिरेले यस्तो बताएकी हुन् ।

यस्तै कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले कृषिमा आधुनिकिकरण नहुदा सम्म किसानको आर्थिक विकास हुन नसक्ने बताए । उनले कृषिमा आधुनिकता, व्यवसायिकता र प्रविधिको आवश्यकता रहेको बताउँदै नेपालमा कृषिलाई बृद्धि नगर्दासम्म देशको अर्थतन्त्र आर्थिक विकास हुन नसक्ने बताए । नेपालको अर्थ व्यवस्थाको मेरुदण्ड भनेको नै कृषिको विकास नै रहेको उनको भनाई छ ।

कार्यक्रममा वडा नंं ७ का वडा अध्यक्ष विष्णु गिरी, साना किसान विकास वित्तिय संस्था लिमिटेड इलाका कार्यालय बुटवलका अधिकृत राजेश भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए । साधारण सभाको अवसरमा सहकारीमा शेयर पूँजी वृद्धि गर्दै १ लाख सम्म पु¥याएका ५ जना शेयर सदस्य र १० जना उत्कृष्ट किसानलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजनाका बारेमा संस्थाका अध्यक्ष भिमप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । लेखा प्रतिवेदन लेखा समिती संयोजक विष्णु गिरीले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष राधिका पन्तको स्वागत मन्तव्य तथा हरिशंकर पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी बृद्धिजीवी, शेयर सदस्य पत्रकारलगायतको उपस्थिती रहेको साना किसान कृषि सहकारी संस्थाले जानकारी दिएको छ ।