बाणगंगामा पुस ४ देखी मतदाता नामावली संकलन हुने

मेचीकाली संवाददाता

२ पुष २०७८, शुक्रबार
664 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकामा पुस ४ गते देखी १८ गते सम्म फोटो सहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ । निर्वाचन मिति घोषणा भए पश्चात मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य स्थगित गर्नु पर्ने भएकाले सो अगावै दर्ता छुट भएका नागरिकको नामावली दर्ता गर्नका लागि निर्वाचन कार्यालयले संकलन कार्य सुरु गरेको हो ।

मतदाता नामावली निर्वाचनको आधार स्तम्भ भएको हुँदा यसको सङ्कलन तथा अद्यावधिक गरी निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धिका लागि यस कार्यक्रमको महत्वपूर्ण भूमिका रहने भएको हुँदा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा जनप्रतिनिधी, विभिन्न सरकारी कार्यालय, सूरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरु सँगको समन्वय र सहकार्यमा जानकारी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

मतदाता नामावली संकलन तथा दर्ता कार्यमा आम मतदाताको पहुँचलाई सहज गराउनु तथा लोकतान्त्रिक राज्यको शासन व्यवस्थामा जनताको सहभागिता गराउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले बताए ।

यस्तै बाणगंगा नगरपालिकाको पशु सेवा शाखाको कक्षमा हुन लागेको मतदाता नामावलि संकलनमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदान गर्न योग्य नागरिकहरु कोहि नछुुटुन् भनेर सरोकारवालाहरुलाई ध्यानकेन्द्रीत गराईएको प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताए ।

यस्तै उप प्रमुख चक्रपाणि अर्यालले मतदाता नामावली ऐन, २०७३ ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अपनाए अनुसार बाणगंगाका नगरवासिहरुलाई मताधिकारको प्रयोगका लागि आफ्नो नामावली सङ्कलन गरि सहयोग गरिदिन आग्रह गरे ।

बाणगंगामा सङ्कलन हुने मतदाता नामावलीमा पुष ४ गते दोखि प्रत्येक दिन एक, एक वडाका नागरिक सहभागि भएर नामवलि दर्ता गराउन नगरले आग्रह गरेको छ । जसमा बाणगंगा वडा न.१ को ४ गते, वडा २ कोे ५ गते, वडा ३ कोे ६ गते, वडा ४को ७ गते, वडा ५ को ८ गते संकलन हुने भएको छ ।

यसैगरि वडा न.६ को ९ गते, वडा ७ को १० गते, वडा ८ को ११ गते, वडा ९ को १२ गते, वडा १० को १३ गते र वडा ११ को १४ गते सम्म संञ्चालन हुने नगरले जनाएको छ । बाकीँ रहेको ४ दिन छुटफुट नागरिकको दर्ता हुने बताईएको छ । ंनगरपालिकामा मतदाता नमावलि संकलनमात्र हुने र अन्य नामावलि सरुवा तथा सच्याउन परेमा जिल्ला निर्वचनमा गई सच्याउन सकिने छ ।