सुनिल ढुङ्गाना स्मृति कपको दोश्रो संस्करण शुरु

मेचीकाली संवाददाता

३ पुष २०७८, शनिबार
722 shares

बुटवल । सुनिल ढुङ्गाना स्मृति कप तिलोत्तमा वडा स्तरिय त् –द्दण् क्रीकेट प्रतियोगिताको दोश्रो संस्करण शनिवार देखी शुरु भएको छ ।

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना संचालित प्रतियोगिताको तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले उद्घाटन गरेका छन । प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १४ टिमको सहभागिता रहेको छ । ज्योतिनगगर खेल मैदानमा संचालित प्रतियोगिता पुस १० गते शनिबार सम्म चल्ने खेल सम्योजक माधव पन्तले जानकारी दिए ।

तिलोत्तमा क्रीकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको स्मृतिमा गत बर्षदेखि समितिले प्रतियोगिता संचालन गर्न थालेको हो । तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका उपाध्यक्ष राजेन्द्र केसिले गरेका थिए ।