मानव जिवनको लागि स्वच्छ खानेपानी महत्वपुर्ण: राज्य मन्त्री नेपाल

मेचीकाली संवाददाता

३ पुष २०७८, शनिबार
930 shares

पार्बती आचर्य

कपिलबस्तु । बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाणगंगा १ उप्टहवामा रहेको खानेपानीको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो । “सफा पानी सफा बानी सहयोग पुर्याउने भू.पू. सैनिक खानेपानी, सफा पानी पिउ निरोगी बनौं” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी विकास भौतिक पुर्वधार राजमन्त्री रिना नेपालले स्वच्छ खानेपानी मानव जिवनकोलागि एकदमै महत्वपुर्ण भएको बताएकी छन् । सुरक्षित खानेपानीको बारेमा अझैपनि समुदायलाई थाहा नभएको हुँदा समुदायलाई सचेत बनाउनु पर्नेमा जोड दिएकी थिईन् । समुदायले २५÷३० फिटको चापाकलबाट पिउँदै आएको पानी सुरक्षित छ कि छैन , आर्सेनिक र स्वच्छ छ कि छैन भन्ने बिषयमा बिना परिक्षणको पानी पिउँदा बिभिन्न रोगबाट समस्या भोग्दै आएको समेत बताईन् ।

प्रदेश सरकारले खानेपानीको सवालमा अग्रसरता देखाउँदै बजेट विनियोजन गर्दै आएको छ । प्रमुख अतिथी राजमन्त्री नेपालले खानेपानीको मानव जीवनमा अहम भूमिका रहने भन्दै यसको स्वच्छताको लागी विभिन्न समयमा मर्मतसम्भार गर्नुपर्ने बताईन । खानेपानीलाई विस्तृत रुपमा अगाडी बढाउन प्रदेशले मन्त्रालयले डिपीआर निर्माण गरेको छ । लुम्बिनी प्रदेशको १२ वटा जिल्लाको मातहतमा रहेको खानेपानी प्रदेश स्तरिय प्रयोगशालाको रुपमा बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानी प्रदेश स्तरिय प्रयोगशालाको रुपमा तयार भएको समेत बताएकी छन् ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानीलाई अझ व्यवस्थित बनाउन आफुले खेल्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने बताए । भबिष्यमा खानेपानी उपभोक्ता महासंघले १ घर १ धाराको नारालाई सफल पार्न सकोस भन्ने शुभकामना दिएका थिए । अहिले जुन मोडालिटीबाट खानेपानी बितरण भैरहेको छ यो पुर्ण मोडल भएको बताउँदै भविष्यको मोडालिटी उपभोक्ता समिति मार्फत जान सक्ने हो भने राज्यले पानी पु¥याउन सक्ने बताए ।

सांसद पन्थीले उपभोक्तालाई शुद्ध खानेपानी दिलाउन सरकारले पनि राम्ररी काम गर्नुपर्नेमा जोड दिएका थिए । अबको दिनमा बाणगंगामा पनि पानीको हाहाकार हुन सक्ने भन्दै बाणगंगा नदीलाई भण्डारण गर्ने योजनामा सबै लाग्नु पर्ने उनको भनाई छ ।

यस्तै बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, वडा नं. १ का वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य कमला न्यौपाने , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरे , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलबस्तुका उपाध्यक्ष राधिका पौडेल , खानेपानी सव डिभिजन कार्यालय कपिलबस्तुका ईन्जिनियर जुद्ध बहादुर गुप्ता र संस्थाका सल्लाहकार तथा नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाइ लगाएतले भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले ल्याएका सबै कार्यक्रमहरु नगर बासिका लागि उचित र प्रभावकारी रहेको बताए । साथै भू.पू. सैनिक खानेपानी उपभोग गर्ने उपभोक्ताले शुद्ध पानी पाएको बताउँदै सफा पानी मानवकोलागि महत्व भएको हुँदा खानेपानीको महत्वलाई सबैले बुझ्न आबश्यक भएको बक्ताहरुले बताएका छन् ।

साधारण सभामा खानेपानीका सचिव कृष्ण बहादुर शाही (बिजय) ले वार्षिक प्रगती प्रतिवेदन , कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक लेखापरिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितीका पदाधिकारीहरु , लेखा समितीका पदाधिकारीहरु , खानेपानी अनुगमन समितीका पदाधिकारीहरु , पानी सुरक्षा समितीका पदाधिकारी , सल्लाहकारहरु , ईकाई समितीका पदाधिकारीहरु , बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु , समाजसेवी बुद्धिजीबी र संचारकर्मी लगाएत सम्पुर्ण उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बाणगंगा र गजेहडा भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य तथा सचिव कृष्ण बहादुर शाही (विजय) को संचालनमा सम्पन्न भएको थियो ।