शुद्धोधनमा कांग्रेसका वडा अध्यक्षसहित १ सय बढी एमालेमा प्रवेश

मेचीकाली संवाददाता

४ पुष २०७८, आईतवार
750 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधनमा नेकपा एमालेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जन्ताको बहुदलीय जनवाद– जिन्दावाद ! समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।

नेपाली कांग्रेस परित्याग गरि शुद्धोधन गाउँपालिका ७ का अध्यक्ष सहित १०६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सो कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सहईन्चार्ज पुर्व मन्त्री लिला गिरीले एमालेले मुलुकको शान्ति विकास, समृद्धि र खुसियाली चाहाने बताए । शुद्धोधनलाई कृषि पर्यटन विकासका निम्ति प्रदेश सभासद तुल्सी चौधरी र पालिका अध्यक्ष किसुनचन्द चौधरीले गाउँपालिकाको विकासका लागि आफू मन्त्री हुँदा पार्क निर्माणकार्यको थालनी गर्न प्रदेश सरकारबाट पचास लाख रुपैयाँ निकासा गरेको बताए ।

नेकपा एमालेमा प्रवेश गरेका शुद्धोधन ७ का अध्यक्ष शिवपुजन बानियाँले आफू हिजोको दिनहरूमा नेपाली कांग्रेसमा १४ वर्ष सम्म क्रियाशील भइ काम गरेको बताए । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भइ विकास निर्माणका काम गर्दा नेपाली कांग्रेसका अग्रजहरुले दखल दिएको र जनताको हितमा काम गर्दा नेपाली कांग्रेसले विरोध गरेको कारणले आफुले पार्टी परित्याग गरेको बताए ।
अबका दिनमा नेकपा एमालेमा रही गाउँपालिका र देशको विकास निर्माणका काममा हातेमालो गर्ने र आफू बाचुन्जेल नेकपा एमालेमै आफू आबद्ध हुने प्रतिबद्धता गरे जनाए ।

लुम्बिनी प्रदेशका सभासद तुल्सी चौधरीले मुलुकको विकास र मुलुकको हेरविचार राख्ने नेकपा एमाले मात्रै भएको बताए । नेकपा एमालेमा नव प्रवेशिकाहरुले अब आउने दिन भनेको हो र अगामी दिन हरु पनि नेकपा एमाले नै हो भन्ने सोच राखी देशलाई एउटा समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै एक गुट भई अगाडि बढनु हुन आग्रह गरे । केन्द्रीय कमेटी सदस्य रुपन्देही ईन्चार्ज भुमिश्वर ढकालले आज पार्टी प्रवेश गरेका सबैले नेपालको विकासको लागि आजैदेखि लाग्नुपर्ने बताउँदै यो मुलुकमा नेपाली कांग्रेसले धेरै पटक सरकारमा आएपनी विकास निर्माणको काम नेकपा एमालेले मात्रै गरेको बताए । भुकम्पमा क्षति भएका ऐतिहासिक भवन विश्वभरमा चिनाउने गरि पुनः निर्माण कार्य नेकपा एमालेले पूरा गरेको बताए ।

शुध्दोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले देशलाई समृद्ध नेपालतर्फ लैजानका लागि नेकपा एमालेमा प्रवेश गरेकाहरु लाई शुभकामना दिदै नेकपा एमालेको सरकारले ल्याएको पुर्वाधार विकास निर्माणको बजेट नेपाली कांग्रेसले कटौती गरेकोे बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले) शुद्धोधन गाउँपालिका कमेटीको आयोजनामा नेकपा (एमाले) शुद्धोधन गाउँपालिका कमेटीका उपाध्यक्ष किरण नेपालको स्वागत, नेकपा (एमाले) शुद्धोधन गाउँपालिका कमेटीका उपसचिव नवराज आचार्यको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।