मानव अधिकार वर्ष पुस्तकको पूर्व समिक्षा

मेचीकाली संवाददाता

५ पुष २०७८, सोमबार
603 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२१ को जनवरीदेखि डिसेम्वर १५ सम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२१ को जनवरीदेखि डिसेम्वर १५ सम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गरेकी थिईन् ।


कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय ८१ घटनाहरु दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १५ सम्म जिल्लामा बिभिन्न घटनाहरु दर्ता भएका छन् । इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशन लागि तौलिहवामा सरोकारवालासंग गरेको पुर्व समीक्षा कार्यक्रममा सो जानकारी गराइएको हो ।
इन्सेक जिल्ला प्रतिनिधीले प्रस्तुत गरेको प्रतिबेदन अनुसार सन २०२१ मा गत बर्षको तुलनमा मानव अधिकार बिरुद्धका घटनामा बृद्धि भएका छन । सन २०२० मा कुल १ सय ६५ घटना अभिलेख गरिएको थियो । सन २०२१ मा ६ जनाको हत्या, बलात्कारका ३६ घटना, बलत्कार प्रयासका २३, बालयौन दुब्र्यवहार २ वटा घटना दर्ता गरिएका छन ।
यस्तै मानव बेचबिखन ३, बहुबिवाह ४, अप्राकृति मैथुन, २, बाल बिवाह १ र घरेल् हिंसा २ सय ४ वटा अभिलेख गरेको छ । सन २०२१ मा ब्यक्तिगत रिसिवीका कारण हत्या सहीत बलत्कार, यौन दुब्र्यवहार, मानव बेचबिखन तथा घरेलु हिंसाका घटना गत बर्ष भन्दा बढी भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बलात्कारका घटना मध्ये १० बर्ष देखि १८ बर्ष सम्मका २१ जना किशोरीहरु पीडीत भएका छन । १० बर्ष मुनीका ६ बालिका बलात्कारको शिकार भएका छन । ८३ बर्षीया बृद्धा समेत बलात्कारको चपेटामा परेका छन् ।
यस वर्ष कोभिड १९ का कारण २ सय १० जनाको मृत्यु भयो । विश्वभरी फैलिएको महामारीवाट कपिलवस्तुमा ६ हजार ४ सय ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । जसमा निको हुनेमा ६ हजार २ सय ३ जना रहेका छन् । सक्रिय संक्रमित ३४ जना रहेका छन् । कोभिड १९ को समयमा कैंयौ नागरिकहरुले सहज रुपमा स्वास्थ्य उपचार नपाएको प्रतिवेदनमा उल्लेख छ । कोरोना भाईरसको संक्रमणका बिरामीहरुको संख्या बढ्दै गएपछि बिरामीहरुले जिल्ला र प्रदेशका अस्पतालमा बेड पाउन गाह्रो भयो । कोरोना भाईरसका कारण मृत्यु भएका शवलाई ब्यबस्थापनमा समस्या भयो । सो समयमा मृत्यु पश्चात सम्मान रुपमा शवको व्यवस्थापन हुन सकेन । जिल्लामा शव वहानको व्यवस्थापन नहुँदा कपिलबस्तु नगरपालिकाको फोहोर फाल्ने ट्याक्टरबाट शवलाई घाट सम्म लैजानु परेको थियो । जिल्लामा शव व्यवस्थापनका लागि राज्यपक्षको पनि दायित्व हुनु पर्ने थियो की ? पष्तिेदनमा उल्लेख छ । जिल्लामा ५६ प्रतिशत नागरिकले भेरोशिल , कोभिड शिल र जोनसोन खोप लगाई सकेको र अरु लगाउने क्रममा रहेको छ ।
शिक्षा तर्फ हेर्ने हो भने जिल्लामा अझै साढे ३ प्रतिशत बालबालिका बिद्यालयको पहुँच बाहिर छन । जिल्लाका करिव २० वडामा अझै माबि नहुदा कैयौं बालबालिकाहरु शिक्षाबाट बञ्चित छन ।
जिल्लाको कृष्णनगर र यशोधरा गाउँपालिकामा हैजा फैलिदा ७ जनाको मृत्यु भएको र डेढ हजार बढी झाडा पखालाबाट पीडीत बनेका थिए ।
समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले मानव अधिकारका घटनामा सबै सचेत हुुन पर्ने बताए । उनले समाजमा जनचेतनाको कमीका कारण हुने बिभिन्न घटनाहरुलाई न्युनीकरण गर्न सबैले हातेमालो गर्नु पर्ने बताए । इन्सेकले अभिलेख गर्दै आएका बिभिन्न घटनाहरु तथ्यपुरक भएको बताए । घरेलु हिंसाका धेरै जसो घटनाहरु लागु पदार्थ सेवनबाट हुने भएको हुँदा यसलाई न्युनिकरण गर्न सके घटनाहरुमा कमी हुने बताउँदै तथ्यको आधारमा प्रतिबेदन प्रस्तुत गरेको भन्दै इन्सेकलाई धन्यवाद दिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाका बारेमा र बिभिन्न निकायहरुबाट दिईने सेवाहरुमा केही कमजोडीहरु फेला पारे औलाईदिन आग्रह गरेका थिए । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन प्रभावकारी भएको बताए । साथै इन्सेकले बिभिन्न घटनाहरुलाई अभिलेखि करण गर्ने र सचेत बनाउँदै त आएको छ तर अव नदीजन्य पदार्थको दोहोन, बाटाघाटो निर्माणमा हुने ढिला सुस्ती, प्रदुषणका बिषयमा समेत अनुगमन गरेर प्रतिबेदनमा समेटी बर्ष पुस्तकमा प्रकाशित गर्नुपर्ने सुझाव दिए । यस्तै अधिकारको उपयोग गरेर राम्ररी बजार अनुगमन हुन नसकेको उपभोक्ताले अखाद्य बस्तु खान बाध्य हुनु लज्जास्पद भएको बताए
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी धर्मराज भण्डारीले नागरिकको मानव अधिकारको रक्षाकालागि प्रहरी प्रशासन सम्वेदनशील रहेको बताए । राज्यद्वारा नागरिकलाई प्रदत्त अधिकार संबिधानमा ग्यारेन्टी गरेको मानव अधिकारको रक्षाको सम्बन्धमा क्रियासिल र सकारात्मक हुने बताउँदै कहिले कही प्रहरी माथि आउने आरोपहरुलाई कम गर्नका लागि महिनामा २ दिन प्रहरी कर्मचारीहरुलाई मानव अधिकार कक्षा संचालन गर्दे आएको बताए ।
नेपालमा कुनैपनि राजनितीक दलका नेताहरुले समाजमा हुने कुनै पनि घटनाहरुलाई मिलाउने तर्फ नभएर त्यसलाई बिगार्ने , भत्काउने तर्फबढी लाग्ने र खाली आफ्नो भोटको पछि मात्र लाग्ने गरेको पाईएको भनाई छ । नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयनका लागि रातदिन अहोरात्र खटिरहँदा पनि प्रहरीले खाली दोष मात्र खानुपर्ने दुखको कुरा भएको बताए ।
कार्यक्रममा माहुरी होमका अध्यक्ष रबि ठाकुरले कुनै पनि घटनाहरुमा राज्यपक्ष निरीह हुन नहुने बताए । जिल्ला बाल कल्याण समितीका सदस्य पशुपतिमणी त्रिपाठीले खाद्यलाई गुणस्तर कायम गर्न स्थानिय सरकार बलियो हुन आबश्यक भएको बताए । दलित महिंला संघका जिल्ला अध्यक्ष माया नेपालीले कोरोना होस या कुनै महामारी होस राजनितीक दलले वास्तबिक लक्षित बर्ग भन्दा पनि आफ्नो पार्टी हेरेर राहत बितरण गर्नु गलत भएको बताईन् । यस्तै बजार अनुगमन नहुँदा सोझा जनाताहरु मारमा परेको बिषयमा इन्सेकले अभियान संचालन गरेको छ यसलाई अझै प्रभवाकारी बनाउन पहल गरोस भन्ने सुझाव दिएकी थिईन् ।
नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले इन्सेकले नागरिकहरुलाई सचेत बनाउँदै आएको भन्दै धन्यवाद दिए । अधिवक्ता अंकीता श्रीवास्तव, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका रामहरि लामिछाने पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, संचारिका समुहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे लगायतले इन्सेक वर्ष पुस्तक २०२२ का लागि शुभकामना दिएका थिए । साथै प्रतिबेदन माथि सुझाव दिंदै निशुल्क शिक्षा भनिए पनि शुल्क लिएको बिषयमा बिद्यालयहरुको डाटा उल्लेख गरिदिनु पर्ने शुझाव दिएका थिए । कार्यक्रम पुष्पा रेग्मीको अध्यक्षता, मानव अधिकार समुहका सदस्य महेन्द्र खनालको सञ्चालनमा भएको थियो ।