सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

५ पुष २०७८, सोमबार
582 shares

कपिलवस्तु । किशोरीहरुको पक्षमा पैरवी गर्ने संस्था ओरेक नेपालको आयोजनामा किशोरी सवाल सम्बोधनका लागि सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा बुद्धभुमी नगरपालिकाका उप प्रमुख मिरा थारुले किशोरीहरुले गरेका काममा मलजल गर्ने कार्य स्थानिय तहले गर्ने बताउदै किशोरी मञ्चले नगरपालिकासँग समन्वय गर्नु पर्ने बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय तहका जनप्रतिनिधि तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा पालिका तथा संस्थाहरुका प्रतिनिधिहरुले किशारीहरु लक्षित गर्ने निति तथा कार्यक्रम प्रस्तुत गरका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बर्तमान अवस्थामा बाल बिवाह भन्दा पनि भागी बिवाहले बिकराल रुप लिदै आएको बताएका छन । उमेर नपुग्दै सानै उमेरमा आफु खुसि भागी बिवाह गर्दा किशोरीमा शारीरिक तथा मानसिक समस्या निम्तिने भएको चिन्ता ब्यक्त गरेका छन । उनिहरुमा मोबाईल तथा ईन्टरनेटले पनि बिसँगति ल्याएको बताएका छन् ।

कार्यक्रम कपिलवस्तु नगरपालिकाको समन्वय तथा केयर नेपालको सहयोगमा सम्पन्न कार्यक्रमको संचालन किशोरी मञ्च कपिलवस्तु नगरपालिका नगर अध्यक्ष सादिका रैदासले गरेकी थिईन् ।