मेचीकाली दैनिकका सह–सम्पादक गिरीलाई मातृशोक

मेचीकाली संवाददाता

७ पुष २०७८, बुधबार
716 shares

बुटवल । मेचीकाली सन्देश राष्ट्रिय दैनिकका सह–सम्पादक अमृत गिरीलाई मातृशोक परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ निवासी गिरीकी आमा ८२ वर्षीया बालकुमारी गिरीको बुधबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

विगत लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनको केही दिनदेखि मणिग्रामको क्रिमसन अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार भएपछि घरमा नै आराम गराउने डाक्टरको सल्लाहअनुसार उनलाई अस्पतालबाट घरमा लगिएको थियो ।

घरमा नै राखेको अवस्थामा उक्त घटना घट्न गएकाले दिवङ्गत आमाप्रति मेचीकाली सन्देश प्रकाशन प्रालि परिवारको तर्फबाट हार्दिक श्रद्धासुमन ।