जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

मेचीकाली संवाददाता

७ पुष २०७८, बुधबार
1095 shares

पार्वती आचार्य
कपिलवस्तु । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बाणगंगा नगरपालिका वडा नं. ७ ले तिन सय जेष्ठ नागरिकलाई सम्मान गर्दै जकेट तथा हुट बितरण गरेको छ । वडा नं. ७ अन्तरर्गतका ७० बर्ष उमेर माथिका ३ सय जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै ज्याकेट बितरण गरिएको हो । प्रदेश सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल र वडा नं. ७ का अध्यक्ष बिष्णु गिरीले जेष्ठ नागरिकहरुलाई जकेट लगाएई दिएर सम्मान गरेका हुन् । वडा नं. ७ ले हरेक वर्ष जेष्ठ नागरिकलाई गर्ने सम्मानले वडा अध्यक्षलाई जेष्ठ नागरिकहरुले आफ्नै छोरा सरह मान्ने गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सासंद बिष्णु पन्थीले ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको बताएका छन् । वडा नं ७ ले राखेको ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताएका हुन् । उनले जेष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताएका छन् । जेष्ठ नागरिकलाई एमाले नेतृत्वको सरकारले पालन पोषण देखी स्याहार सुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।

यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ज्येष्ठ नागरिक सम्मानका लागि नगरको वडा नं. ७ ले सधै रचनात्मक कामहरु शुरुका बर्षदेखी गर्दै आएको बताए । बाणगंगामा बिकास निर्माणको गतिले तिब्रता लिईरहेको बताउदै सबै क्षेत्रको बिकासमा फड्को मारेको समेत बताए ।

यसैगरि वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरीले आफूहरु निर्वाचित भएर वडामा आएदेखी लक्षित बर्ग अन्तरर्गत जेष्ठ नागरिक, आदिवासी जनजाती, युवा, दलित, अपाङ्हरुका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी दिए । यस्तै सरकारी बिद्यालयका १ हजार ३ सय ८० बिद्याथीहरुलाई स्वीटर बितरण, सरकारी बिद्यालयमा ल्यावटव तथा कम्प्युटर, प्रोजेक्टर बितरण, युवाहरुका लागि खेलकुदका सामाग्रीहरु र ड्रेस बितरण, अपाङ्हरुलाई १÷१ वटा बाख्रा बितरण, ६ सय बढी महिलाहरुलाई बिभिन्न आयआर्जनका सिपमुलक कार्यक्रम संचालन गरिएको बताए ।

यस्तै वडामा सिलाई कटाईको ब्यबसाय गरेका महिलाहरुलाई र लेवल एक तालिम गरेका ४७ जना महिलाहरुलाई आयआर्जनमा टेवा पु¥याउन १÷१ वटा मेसिन बितरण गरिएको, महिला स्वास्थ्य स्वयंम सेबिकाहरु र स्वास्थ्यकर्मीहरुलाई साईकलको ब्यबस्था, दलित समाज सेवालाई पञ्चेबाजा बितरण, आरन सञ्चालन गरेका दलितहरुलाई आरन सञ्चालन र पेसा संरक्षणका लागि बिभिन्न औजारहरु उपलब्ध गराईएको छ । यसैगरी बिकास निर्माणमा भएका प्रगतिका बारेमा समेत जानकारी गराएका थिए । उनले भौतिक पूर्बाधार संगै लक्षित बर्गका कार्यक्रमलाई संगसंगै अघि बढाएको बताउँदै आफ्नो कार्यकालमा भएका गतिबिधिका बारेमा जानकारी दिंदै संमृद्धि र सुखि वडा बनाउने वडा नं. ७ को लक्ष्य रहेको बताएका छन् ।

चिसो बढ्दै गईरहेको बेला वडाले समयमै न्यानो कपडा दिदा ज्येष्ठ नागरिक निकै खुसी भएका छन् । हरेक बर्ष जस्तै यस बर्ष पनि जेष्ठ नागरिकहरुलाई जुटाएर आफुहरुलाई वडाले सम्मान गरेकोमा खुसी ब्यक्त गरेका छन । कार्यक्रममा पूर्ब मोतिपुर गाबिसका अध्यक्ष नेत्र गिरी, वडा सदस्य मुम बहादुर पाण्डे, कमला बिक, टोलबिकास संस्थाका पदाधिकारी, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम कार्यपालिका सदस्य साबित्रा थारुको स्वागत तथा वडा सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।