सौ फर्साटिकर खानेपानीको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

१० पुष २०७८, शनिबार
418 shares

तुलसी राम पौडेल
फर्साटिकर,पौष ९

रुपन्देहीको शुद्दोधन गाउपालिकाको वडा नम्बर -३ स्थित सौ फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको १२ औ वार्षिक साधारण सभा हालै सम्पन्न भयो ।शुद्दोधन गाउ पालिका अध्यक्ष किसुनचन्द चौधरीले उक्त साधारण सभाको उदघाटन गर्नुभएको थियोे ।

कार्यक्रम सस्थाका अध्यक्ष ओम बहादुर फौदारको अध्यक्षता, गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, खानेपानी सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सस्थाका सल्लाहकार शेरबहादुर काफ्ले , आनन्दवन शंकर नगर खानेपानी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष केशव केशवराज न्यौपाने, शुद्दोधन वडा नम्बर ३ का वडा सदस्य मणिप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सस्थाका अध्यक्ष ओम बहादुर फौदारको वार्षिक प्रतिवेदन प्रस्तुत ,सस्थाका कोषाध्यक्ष राधा पोख्रेलबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,सस्थाका लेखा समिति संयोजक दामोदर पङ्गेनिबाट लेखाप्रतिवेदन प्रस्तुत ,सस्थाका उपाध्यक्ष लेख बहादुर खत्रीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सस्थाका व्यबस्थापक मिना पौडेल क्षेत्रीले गर्नुभएको थियो।