सिद्धार्थ सहकारीको अध्यक्षमा भट्टराई

मेचीकाली संवाददाता

११ पुष २०७८, आईतवार
362 shares

पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पुरानो सहकारीको रुपमा चिनिएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २३ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले इन्दिरा भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा अम्बिका थापा, कोषध्यक्षमा लिला सिंह, सहसचिव विमला चौधरी र गोमा उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यमा इसा जिसी, धनमाया गैरे, जमुना थारु, पार्वती सुनार, माया थारु चयन भएका छन् भने लेखा समिति संयोजकमा देवकला सुवेदी कमाल, सदस्यमा तुलसा बञ्जाडे र हरि अधिकारी चयन भएको व्यवस्थापक हरिलाल शर्माले जानकारी दिए । सहकारीका अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता तथा सहकारी संघ लुम्बिनी प्रदेशका लेखा समिति संयोजक तेज प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा बिभिन्न प्रतिवेदन पेश भएका छन् ।

अध्यक्ष शाहीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे सहकारीको राम्रो प्रगति भएको बताईन् । उनले २०५५ सालमा सहकारी स्थापना हुँदा निकै चुनौति रहेको थियो, अहिले नगरका अरु सहकारी भन्दा राम्रो गतिमा अगाडी बढेको बताईन् । संस्थाका सचिव तथा कार्यक्रम संचालक देवकला सुवेदी कमालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उद्देश्य, कार्यक्षेत्र, सहकारी सञ्जाल, संस्थाले पाएका सम्मान लगाएका बारेमा जानकारी दिईन् ।

संस्थाका कोषाध्यक्ष प्रकाश घिमिरेले आयब्यय विवरण प्रस्तुत गर्दै अहिलेसम्म भएका आर्थिक लगानीका क्षेत्र तथा कार्यक्रमबारे जानकारी दिए । सिद्धार्थ सहकारी रेडियो कार्यक्रम, मिडिया कभरेज, सदस्यको पारिवारिक योजना निर्माण, युवा तथा व्यवसायिक विकास प्रवर्धनात्मक लगायतका कार्यक्रम जिल्लाका कुनै सहकारीले गर्न नसकेका अनुकरणीय कार्यक्रम भएको बताए । लेखा समिति संयोजक कविराज भुसालले संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सहकारीले गरेको काम अनुकरणीय रहेको भन्दै प्रसंसा गरेका छन् । प्रमुख अतिथि सहकारी संघ लुम्बिनी प्रदेशका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले सिद्धार्थको वित्तीय अनुशासन राम्रो रहेको बताए । उनले अब सहकारी चल्ने संस्कृति फरक खालको हुनुपर्ने बताउँदै सहकारीलाई अब उत्पादनसंग जोड्नु पर्ने उनको भनाई छ । ऋण पनि कृषि र उद्यममा दिनुपर्ने भन्दै उत्पादनसंग नजोडिने सहकारीकोे भविष्य नभएको आचार्यले बताए ।

मुलुकभर सहकारी मर्जर प्रकृया अघि बढेकाले मन मिल्नेसंग एकिकरण गरी अगाडी बढ्न आग्रह गर्दै उनले शेयर धनीले अब एउटै सहकारी रोज्नु पर्नेमा ध्यानाकर्षण गराएका थिए । प्रदेश सहकारी संघले गरेका कार्यक्रमबारे पनि जानकारी दिएका थिए । उपाध्यक्ष इन्दिरा भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा ब्यवस्थापक हरिलाल शर्मा, पदाधिकारी, शेयर सदस्य, पत्रकार लगायतको सहभागिता थियो ।