नेपाली मौलिक बाजा बनाउन १० जनालाई तालिम

मेचीकाली संवाददाता

१२ पुष २०७८, सोमबार
601 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सचिवालयको सहयोग तथा सामुुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालित मादल तथा सारङ्गी निर्माण तालिमको समापन गरिएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समूह गणेशपुरमा मंसिर २७ देखि सञ्चालित १२ दिने नेपाली मौलिक बाजा, मादल सारङ्गी निर्माण तालिम सोमबार समापन भएको हो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला वन महासंघका अध्यक्ष हुमनाथ भट्टराईले तालिमबाट सिकेको सिपलाई सदुपयोग गर्दै ब्यवशायिक बन्नुपर्नेमा सहभागिहरुलाई जोड दिए । त्यस्तै उनले मौलिक कला संस्कृतिको जगेर्ना गर्न त्यस सँग जाडिएका मौलिका बाजाहरुको संरक्षण र विकास गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा १० जना सहभागी भई १२ दिन सम्म मादल र सारंगी बनाउन सिकेका छन् । तालिमको सहजीकरण टेकबहादुर, अम्म बहादुर गन्धर्वले गरेका थिए ।