पब्लिक माविमा प्रथम पुर्व विद्यार्थी भेला सम्पन्न

मेचीकाली संवाददाता

१२ पुष २०७८, सोमबार
275 shares


तुलसीराम पौडेल —-
छपिया, पौष १२
रुपन्देहीको सियारी गाउपालिका -४ छपिया स्थित पब्लिक माविका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ।माननीय संघिय सान्सद प्रमोद कुमार यादवले उक्त भेलाको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको शैक्षिक स्तर उकास्न अभिभावकको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो। पुर्व विद्यार्थीहरुको भेलाले प्रस्तावित पब्लिक माध्यमिक विद्यालय पुर्व विद्यार्थी समाज नेपाल तदर्थ समिति गठन गरेको छ।प्रस्तावित पब्लिक माध्यमिक विद्यालय पुर्व विद्यार्थी समाज नेपालको अध्यक्षमा कुल बहादुर आचार्य ,वरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद खरेल ,उपाध्यक्षमा केशव सापकोटा र गोपाल पाण्डे ,महासचिवमा इन्द्र प्रसाद तिवारी , सचिबहरुमा बिक्रम जैसवाल ,गणेश शाही र मन आचार्य ,कोषाध्यक्षमा श्रवण अधिकारी सर्वसम्मत चयन हुनुभएको छ।
त्यसै गरि सदस्यहरुमा कृष्ण चन्द यादव ,ललिता शर्मा ,मधुकला कुवर ,बुद्धि राम बन्जाडे,गोपाल पाण्डे ,सन्तोष ज्ञवाली ,हरिबहादुर थापा, श्रीराम यादव ,प्रकाश पोख्रेल ,गोमा दाहाल ,लीलामणि पाण्डे ,सन्त बहादुर पोख्रेल ,निरा भण्डारी तिमिलसेना, राधा कंडेल र राधेश्याम बहादुर मुराव चयन हुनुभएको छ।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ।सम्मान कार्यक्रम अन्तरगत हिमलाल शर्मा ,सुर्यलाल श्रेष्ठ ,ध्रुब चन्द त्रिपाठी ,इनामुल्लाह खा ,अब्दुल सलिम खा ,चित्रबहादुर गुरुङ ,प्रेमकुमार पोख्रेल ,रामकेश प्रसाद पाल,भगवान दास कुर्मी ,कमला बन्जाडे,खुमराज सापकोटा ,खिमानन्द पाण्डे ,मोतिलाल बस्याल लगायत शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बलबहादुर आचार्यले घोषणा पत्रको जानकारी दिनुभएको थियोे भने बिष्णु प्रसाद खरेलले विधान पारित सम्बन्धि जानकारी दिनुभएको थियो ।

पब्लिक मावि पूर्व विद्यार्थी समाज नेपालका अध्यक्ष कुलबहादुर आचार्यको अध्यक्षता, माननीय संघीय सासद प्रमोद कुमार यादवको प्रमुख आतिथ्यता,रास्टिय कलाकार बद्री पङ्गेनिको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल ,समाजसेवी भिम अधिकारी ,शिक्षक ध्रुव चन्द त्रिपाठी , ढुण्डिराज शर्मा ,समाजसेवी वीर बहादुर थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।बिष्णु प्रसाद खरेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सन्चालन द्वय इन्द्र प्रसाद तिवारी र ललित शर्माले गर्नुभएको थियो ।