शान्ति समाजद्वारा छात्रवृत्ति प्रदान

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
490 shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु.१२ हजारका दरले रु.४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

मोरङ जिल्लाको थलाहामा पुस १३ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई वर्ष–२०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

‘छोरी पढाऔँ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तगर्त पाँच वर्षसम्म अर्थात् १० कक्षा पुगुञ्जेल यिनै बालिकाहरुलाई रु.१२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने छ । मोरङको थलाहास्थित श्री जनता माविमा २०७८ पुस १३ गते आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्दै यो अभियानले आर्थिक÷सामाजिक रुपमा पछि परेकाहरुको उत्थानमा बल पुग्ने विश्वास व्यक्त गरे ।

शान्ति समाज मोरङ शाखाका सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वास, जनता मा िसञ्चालक समितिका अध्यक्ष बम राई, शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल, मोरङ शाखा सचिव अशोक लामा, समाजसेवीहरु रामबाबु दाहाल, राजेन्द्र खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गरेका छन् ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाईं, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाईं, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु.२२ लाख २० हजार सहयोग गर्नेछन् ।