बुटवलको तिनकुनेमा खुल्यो ‘एसप्रेसो किचन’

कफीका पारखीलाई नयाँ स्वाद

मेचीकाली संवाददाता

१७ पुष २०७८, शनिबार
693 shares

बुटवल । पछिल्लो समय कफी सप खोल्ने र कफी पिउनेहरुको आकर्षण बढ्दै गइरहेका बेला बुटवलको तिनकुनेमा एसप्रेसो किचन सञ्चालनमा आएको छ ।

बुटवल–९ तिनकुने स्थित रेग्मी पथमा कफीका पारखीहरुलाई मध्यनजर गरि नयाँ स्वाद दिने उद्देश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा शनिबार एसप्रेसो किचन शुभारम्भ गरिएको हो । विगत लामो समयदेखि पास इन्स्टिच्यूट सञ्चालन गरिरहेका शुसिल पाण्डे र नेपाल बारिष्टा एकेडेमी सञ्चालन गरिरहेका नारायण अधिकारीको संयुक्त लगानीमा एसप्रेसो किचन सञ्चालनमा आएको हो ।

कफी सेवन गर्दा मानिसमा स्फूर्ति आउने यसको नियमित सेवनले जाँगरिलो र फुर्तिलो पार्ने हुँदा ग्राहकको चाहाना अनुसार नेपालमा उत्पादन भएको अर्गानिक कफी मात्र बिक्री गरिने व्यवसायी पाण्डेले बताए । आफ्नो कफी हबमा कफी पिउनेहरु नियमित ग्राहक बन्ने उनको विश्वास छ । सुरुको एक महिना गा्रहकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्ना सेवा सुविधाहरु वृद्धि गर्दै जाने उनको भनाई छ ।

स्पेशल कफीसँगै बर्थ डे केक र आइसक्रिम र मम पनि पाइने अर्का व्यवसायी अधिकारीले बताए । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभेरीको व्यवस्था पनि गरिएको उनले बताए ।