हिमाली सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१७ पुष २०७८, शनिबार
546 shares

कपिलवस्तु । आजको बचत, भोलिको सुनौलो भविष्य भन्ने मूल नाराका साथ बाणगङ्गा नगरपालिका–५ कोपवास्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका बाबुराम अर्यालको अध्यक्षता, नगरप्रमुख मंगलप्रसाद थारूको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिकि उपप्रमुख तारावती चौधरी, बाणगंगा पाँचका वडा अध्यक्ष भिष्मराज भुसालको बिशिस्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर थारुले बाणगंगामा सहकारी एकीकरण गरी नयाँ आयामको सहकारी नीतिअनुसार काम गर्ने कार्यको सुरुवात गरिसकिएको बताए । उनले छरिएर रहेका सहकारीहरुलाई एकिकरण गरी अझ गतिशील ढङ्गबाट संचालन गर्ने परिपाटिको विकास गर्न खोजिएको पनि बताए । घरघरमा भकारी, गाउँगाउँमा सहकारी भने जस्तै बाणगंगा नगरपालिकामा पनि धेरै सहरकारी संस्थाहरु जन्मिएको बताए ।

संस्थामा कुल १ हजार पाँच सय शेयर सदस्य रहेका छन् । जसमा महिला ७ सय ३९ र पुरूष ८ सय ५३ जना रहेको सहकारीले जनाएको छ । सहकारीको कुल बचत १६ करोड ८३ लाख २३ हजार ९ सय ३४ रूपिया रहेको सार्वजनिक प्रतिवेनमार्फत उल्लेख गरिएको छ । त्यस्तै संस्थाको कुल कारोबार ६८ करोड ७९ लाख ८३ हजार ८ सय ४२ रूपिया रहेको संस्थाले जनाएको छ ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, सुरक्षाकर्मी, स्थानिय समाजसेवी, बुद्धिजीवीहरूको सक्रिय सहभगी रहेको कार्यक्रम सचिव कमलप्रसाद खनालको सञ्चालन र उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।