पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

मेचीकाली संवाददाता

१८ पुष २०७८, आईतवार
492 shares

बुटवल । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकर गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

दुर्घटनामा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएका छन् । घुम्तीमा बस मोडिन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव लिएर गएको बसमा ४० जना सवार थिए । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।