तिनाउ चुरे संरक्षण समितिका आन्दोलनका कार्यक्रम स्थगित

मेचीकाली संवाददाता

२१ पुष २०७८, बुधबार
376 shares

बुटवल । बिभिन्न चार सुत्रीय माग राखि बिबिध ढंगले लबिङ गर्दै तत्काल काम शुरु नभए यहि पौस २६ गते बुटवल बन्द को घोषणा गरेको तिनाउ चुरे संरक्षक समितिले बिभिन्न नगरिक समाजका अगुवा संगठनले समेत मागप्रति समर्थन गरेपछि बन्दको कार्यक्रम स्थगित गरिएको छ । बुटवलको राजमार्ग चौरहादेखि गोलपार्क सम्मको बाटो निर्माण, चुरेको पहिरो नियन्त्रणको काम, झुम्सा खानेपानी योजना, तिनाउ करिडोरबाट हुनसक्ने बिस्थापितको ब्यबस्थापन माग रहेका थियो ।

बहुपक्षीय, दुइ पक्षीय पटक पटक को बार्ता पछि केहिदिन अघि प्रदेश सरकार का मुख्यसचिव डिल्लिराम सर्माले यि समस्या बारे विभिन्न निकाय बिचको बैठक, प्रदेश बन मत्रालयका सचिव पशुपति कोइरला र सरोकारवाला सङ्ग को बैठक ले काम लाइ अन्तिम रुप दिएकोछ । त्यसैगरि चुरे राष्ट्पति कार्यलयका प्रमुख राजन रेग्मिले सर्बेको काम बिज्ञ डा प्रकाश दाश उलक अन्तिम रुप दिनु भएको ले चुरेको काम सुरु हुने बताएका छन् ।

चुरे तिनाउका अध्यक्ष कमल गौतमले उद्योग संघ, होटल संघ, ब्यापार संघ, पश्चिम नेपाल बस ब्यबसाय प्रालि, प्यासन, जिफन्ट, एनटियुसि, अन्टुक, ट्रक ब्यबसाय संघ, बुटवल यातायात, उद्योग बाणिज्य संघ, भलाइकोष,पुस्तक ब्यबसाय संघ, उपभोक्ता हित समरक्षण मंच, नेयास्वम सङ्गठन,प्रेस चौतारि, पत्रकार महासंघ, नेकपा एमाले, नेपालि कांग्रेस, नेकपा माओवादी ,राप्रपा नेपाल लगायत विभिन्न संघ संस्था माननीय बिष्णु पौडेल, लिला गिरि, दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाबाट साथ र सहयोग पाएकोमा धन्यवाद व्यक्त गरे ।
अध्यक्ष गौतमका अनुसार करिडोरमा बिस्थापितलाइ सुरक्षित स्थानमा राख्ने, बाटोको कामलाइ गतिका साथ अघि बढाउने, झुम्सा खानेपानीको लागि सडकले तोकेको धरौटिको रकम दिने, केहि दिनभित्रै चुरेको काम शुरु हुने छ ।

यदि काम नभए विभिन्न संघ सस्थाले समेत शसक्त संयुक्त दबाबमुलक कार्यक्रम गर्ने होटल व्यबसायका अगुवा माधब नेपालले बताए । बन्द फिर्ता लिएकोमा प्रदेश मुख्य सचिब, प्रमुख जिल्ला अधिकारी, शैक्षिक संस्था यातायात ब्यबसायि, लगायतले चुरे तिनाउ संरक्षण समितिलाइ धन्यबाद दिएका छन् ।