मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष आचार्यलाई सम्मान

मेचीकाली संवाददाता

२२ पुष २०७८, बिहीबार
508 shares

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यलाई बिहीबार बुटवलमा सम्मान गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी रूपन्देहीले एक कार्यक्रम आयोजना गरी बधाई तथा सफल कार्यकालको सुभकामना प्रदान गरेको हो । आचार्य हालै सम्पन्न ऐकेडेमीको अधिवेसनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले खेलको माध्यामबाट देशले संसारभर चिनाउने बताए । उनले एकेडेमी देशलाई आवश्यक सफल खेलाडी उत्पादनमा लाग्ने बताए । खेलकुदको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले कदम आवश्यक कदम चाल्नुपर्ने आचार्यको भनाइ छ । विभिन्न खेलकुद गतिविधिमा एकेडेमीलाई सक्रिय हुन आग्रह गरे । आचार्य रुपन्देही जिल्ला उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी प्रदेश अध्यक्ष नरबहादुर घर्ती, अनेरास्ववीयु केन्द्रीय उपाध्यक्ष यम पाण्डे, युवा संघ नेपालका केन्द्रीय सदस्य केशव रोका, हरि भण्डारीलगायतले बोल्दै खेलकुदको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्नेमा जोड दिए । जिल्ला अध्यक्ष कृष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद आचार्यले गरेका थिए ।