नेपाल स्वयंसेवक संघको प्रथम राष्ट्रिय साधारण सभाको तयारी पुरा

मेचीकाली संवाददाता

२३ पुष २०७८, शुक्रबार
289 shares

सुनिल आचार्य
कपिलवस्तु । नेपाल स्वयंसेवक संघको ऐतिहासिक प्रथम राष्ट्रिय साधारण सभाको तयारी पुरा भएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला ४ नं जितपुरमा हुने प्रथम साधारण सभामा देशका ७७ जिल्लाबाट प्रतिनिधिको सहभागिता हुने जायोजकले जानकारी दिएको छ ।
२०७८ पुस २४ गते हुने साधारण सभामा जनताको माझमा बोलेर हैन गरेर देखाउदै स्थापना देखि अहिलेसम्म गरेका कार्य र भावी योजनाका बारेमा जानकारी गराउने छ । देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघका २० विभागीय संगठनको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६–५–१४ र विधिवत रूपमा दर्ता २०७७–४–२१ काठमाडौंमा भएको हो ।
केन्द्रीय आयोजना अन्तर्गत स्थापना देखि अहिलेसम्म गरेका केही कार्यक्रमहरु जस्तै विपत ब्यवस्थापनमा केन्द्रीय अध्यक्ष खेमराज पौडेलको संयोजकत्वमा कपिलवस्तु चप्परगाउ वासी अनिता बिक लाई करिव रु. १५ लाख माइस्थानिक क्राइसेस काठमाडौं उपचारार्थ रकम संकलन भैरहेको छ । संस्थाको पहिलो कार्यक्रम काठमाडौंमा पशुपतिनाथ मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरी सम्पन्न गरेको थियो ।
यस्तै राष्ट्रिय अध्ययन हेतु मेचीमहाकाली अभियान भ्रमण सातै प्रदेशमा स्थानीय, प्रदेश सरकार तथा केन्द्र सरकार संग भेट्ने कार्य गरिएको संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले बताए । राष्ट्रिय प्रशिक्षण कार्यक्रम सातै प्रदेशमा सम्पन्न भएको र लुम्बिनी प्रदेश बाट कार्यक्रमको प्रारम्भ भएको थियो । ब्लड क्यान्सर बाबु अर्घाखाँची बासी उपचारार्थ क्रममा काठमाडौं कान्तिबाल अस्पतालमा पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीलाई बोलाई सहयोगमा अपिल गरिएको थियोे ।
पहिलो चरणको कोरोना विपतको समयमा खाद्यान्न सहयोग कपिलवस्तु नन्दनगर गुरूकुलम मा खेलकुद सामग्री हस्तान्तरण गरिएको, कोभिड–१९ कोरोना विपत समयमा खाद्यान्न सहयोग बाणगंगा नगरपालिकाका प्रत्येक वडामा तिनदिन सम्म अपांगहरूलाई घरदैलोमा पुगी राहत हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
यसैगरी कोभिड १९ को विपत समयमा विश्वशान्ति कामना हेतु हवन गरिएको, प्रथम विधान छलफल राष्ट्रिय सम्मेलन काठमाडौं सितापाईलामा सम्पन्न भएको थियो । कपिलवस्तुमा खबरदारी नदि दोहन तथा पानी टंकी दुबै बाट करिव रु. ११ लाख जरिवाना गराइएको थियो । भने राष्ट्रिय गौरक्षा विशेष गोष्ठी लुम्बिनी प्रदेशको सह आयोजनामा बुटवल मुक्तिनाथ धाम लोकानन्द स्वामीको प्रमुख वक्ताका रूपमा विभिन्न जिल्लाको सहभागितामा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ ।
साथै केन्द्रले कृषि मन्त्रालयमा पुर्व कृषिमन्त्री घनश्याम भुषालसंग संस्थागत छलफल गरिएको, एम्बुलेन्स हेतु प्रपोजल बनाई पुर्व राजदूत दिपकुमार उपाध्याय संग भेटघाट गरिएको, सातवटै प्रदेशमा गौ निकुञ्ज निर्माण जग्गा ब्यवस्थापन हेतु मध्ये पहिलो लुम्बिनी प्रदेशको इमिलिया र खैरेनीपुर मध्य उत्तरभाग मा ३ सय विघा उपलब्ध भई स्थानीय समिति र विधान अगाडी बढाईएको छ ।
७ प्रदेशमा गुरूकुल निर्माण हेतु लुम्बिनी प्रदेशको कपिलवस्तुमा जग्गा ब्यवस्थापन भैसकेको र अब त्यसको छिट्टै निर्माण प्रकृया अघि बढाउन लागि परेको छ । संघको ७ प्रदेशमा भवन निर्माण मध्ये लुम्बिनी प्रदेशको जग्गा ब्यवस्थापन हेतु छलफल भएको छ र अन्य प्रदेशमा पनि छलफल अगाडि बढाईएको केन्द्रिय अध्यक्ष पौडेलले बताए ।
देश समृद्धि बनाउने र आत्मनिर्भर्ता हेतु बुद्धम ग्रुप अफ कम्पनीको निर्माण कार्य अगाडि बढेको छ । संस्थालाई गतिमान र चलायमान हेतु फाउन्डेसनको विधान र समिति हेतु छलफल अगाडि बढेको छ र संस्थालाई जनताको जन जनमा पुराउन मिडिया दैनिक यात्रा संस्थागत अगाडि बढेको बताईएको छ ।