भगवती माविका भुपु बिद्यार्थीहरुको पुनर्मिलन तथा वनभोज कार्यक्रम

मेचीकाली संवाददाता

२४ पुष २०७८, शनिबार
665 shares

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्ला स्थित भगवती माध्यमीक विद्यालयबाट २०६५ सालमा एसएलसी दिएका बिद्यार्थीहरुको आयोजनामा पुनर्मिलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

एसएलसी पछिको उच्च शिक्षा र बिभिन्न कामको सिलसिलामा देशका बिभिन्न ठाँउमा रहेका साथीहरू एकजुट भएका हुन् । आ–आफ्नो अध्ययन तथा रोजगारीको सिलसिलामा बिभिन्न ठाँउमा रहने र भेटघाट नहुने भएकाले साथीहरुबीच भेटघाट र आत्मीयता बढाउन कार्यक्रम आयोजना गरिएको बिशाल घिमिरेले बताए ।

‘कोही साथीहरू रोजगारीको लागि बिदेशिएको र नेपालमा रहेका साथीहरू पनि आ–आफ्नै काममा व्यस्त हुने भएकाले भेटघाट नभएको अबस्थामा यो कार्यक्रमले साथीहरू बिच मित्रता प्रगाढ बढाउन सहयोगी बनेको छ ।’ उनले भने । पाल्पाको श्रीनगरमा आयोजना गरिएको कार्यक्रममा भगवती माविबाट २०६५ सालमा एसएलसी दिएका २० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।