नेकपा एमाले रुपन्देहीको अध्यक्षमा केसी निर्वाचित

मेचीकाली संवाददाता

२५ पुष २०७८, आईतवार
443 shares

बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन । उम्मेदवारी दिएका पुरुषोत्तमा घिमिरेले निर्वाचनको समय हुने बेला उम्मेदवारी फिर्ता लिएपछि नवौं जिल्ला अधिवेशनबाट केसी सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् । त्यस्तै उपाध्यक्ष जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् ।

उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उपप्रमुख समेत हुन् । त्यस्तैगरी सविचमा यज्ञ गैरे चयन भएका छन् । सचिवमा पनि खेमप्रसाद लुइटेलले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख समेत हुन् । रूपन्देही एमालेका प्रभावशाली नेताहरु उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र अर्का नेता घनश्याम भुसालको गृहजिल्ला हो ।
अधिवेशनले रूपन्देही जिल्ला कमिटी १५१ सदस्यीय बनेएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रूपन्देही एमालेको आधार इलाकाको रूपमा चिनिन्छ ।

को हुन् अध्यक्ष केसी ?
केसी २०४१ सालमा रुपन्देहीको पर्रोहा माविमा तत्कालीन अनेरास्ववियु पाचौंको प्राक कोषाध्यक्ष हुदैं बिद्यार्थी संगठनमा आबद्ध भएका थिए । अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष एवं हाल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य खिमलाल भट्टराईका समकक्षी हुन् । केसीले ०४६ सालको जनआन्दोलनमा तत्कालीन पश्चिम दक्षिण कमिटी (फर्साटिकर–मुर्गीया–सालझण्डी) को नेतृत्व गरेका थिए । अनेरास्ववियु रूपन्देहीको सचिब, तत्कालीन लुम्बिनी अञ्चल कमिटीको सचिव, अध्यक्ष र केन्द्रीय कमिटीको ३ कार्यकालसम्म सदस्य एवं पश्चिमाञ्चल प्रमुख रहेर लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव नेता केसीसँग छ ।

२०५३ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका उनले खासगरी २०५४ सालको पार्टी विभाजन हुँदा संस्थापन पक्षमा शसक्त भूमिका निर्वाह गरेको हुँदा नेता÷कार्यकर्ता उनलाई भर विश्वास गर्दछन । एमाले रुपन्देहीमा ६ कार्यकाल विभिन्न जिम्मेवारीमा रहेर काम गरी पछिल्लो समय पार्टी भित्र विवाद हुँदा जिल्ला सह–संयोजक भएर संकटमा काँध थापेका थिए ।