आधारभूत मौरीपालन तालिम सम्पन्न

मेचीकाली संवाददाता

२७ पुष २०७८, मंगलवार
361 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा तीनदिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ । तिलोत्तमा–९ को भवनमा गत शनिबारदेखि सुरु भएको तालिम सोमबार समापन भएको हो ।

तिलोत्तमा नगरपालिका–९ का अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा तिलात्तमा ५, ८, ९, ११ र १२ का ३१ जना कृषकहरुको सहभागिता रहेको थियो । मौरीका प्रकार, जीवनचक्र, फाइदा, मौरीको कार्यविभाजनका विषयमा कृषि अधिकृत डोमलाल भुसालले प्रशिक्षण दिएका थिए । त्यस्तै मौरीको आहार व्यवस्थापनका विषयमा अधिकृत रामप्रसाद खनालले प्रष्ट पारेका थिए ।

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत रामबहादुर खत्रीले विषदी प्रयोगले मौरी तथा मानव जीवनमा हुने नोक्सान तथा परागशेचनमा मौरीले पु¥याउने सहयोगका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कृषक बलाराम काफ्ले, युवराज रेग्मी लगायतले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । तालिमको सञ्चालन कृषि अधिकृत भुसालले गरेका थिए ।