मानवअधिकार समुह बुद्धभूमिद्वारा राजपुर स्वास्थ्य चौकीको अनुगमन

मेचीकाली संवाददाता

२७ पुष २०७८, मंगलवार
602 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेक संघ आवद्ध मानव अधिकार समुह बुद्धभूमिले बुद्धभूमि नगरपालिका वडा नं. ५ स्थित राजपुर स्वास्थ्य चौकीको अनुगमन गरेको छ । मानव अधिकार समुह बुद्धभूमिका अध्यक्ष कृष्ण प्रसाद खनालको संयोजकत्वमा इन्सेक सहजकर्ता र समुहको टोलिले राजपुर स्वास्थ्य चौकीको समस्याहरु पहिचान गर्नका लागि स्थिलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलिले बर्थिङ् सेन्टर संचालन गरिएको स्वास्थ्य चौकीमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पुर्ण रुपमा उपलब्ध नरहेको, सुत्केरी गराउन आउने महिलाहरुका लागि कम्बर्ड सौचालय नभएको, प्रयोगशाला नभएको पाएको थियो । सुत्केरी पश्चात महिलाले पाउने प्रोत्साहन स्वरुप रकम समयमा उपलब्ध गराउन नसकेको, नागरिक वडा पत्र नभएको र महिला र पुरुषका लागि सौचालय अलग अलग नभएको समस्याहरु देखिएको अनुगमन टोलिले जानकारी दिएको छ ।

सो क्रममा स्वास्थ्य चौकीका प्रमुख बिष्णुदेव खनालले यस स्वास्थ्य चौकीमा जनशक्तीको अभाव नभएको बताए । सरकारले ३५ प्रकारका औषधीहरु निःशुल्क बितरण गर्ने भनियता पनि ३५ सै प्रकारका औषधीहरु उपलब्ध नभएको बताउनु भयो । बर्थिङ् सेन्टर संचालन भएको यस स्वास्थ्य चौकीमा बार्षिक २ सय जना महिलाहरुले सुत्केरी गराउन आउँछन् तर सुत्केरी पश्चात दिईने प्रोत्साहन भत्ता समयमा दिन नसकिएको बताए ।

डेलिभरीका लागि २ वटा बेड छन् , सुत्केरी महिलाहरुका लागि कम्बर्ड सौचालयको निर्माण गर्न सकिएको छैन कम्बर्ड सौचालय नहुँदा सुत्केरी महिलाहरुलाई समस्या भएको बताए । यसै गरी सेवाग्रहीहरुलाई सहज रुपमा सेवा दिनका लागि भौतिक संरचना सहितको ल्यावको आवश्कता भएको प्रमुख खनालले बताए ।

मानव अधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालले समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउँदै आएको बताए । स्थलगत अनुगमनमा इन्सेक प्रतिनिधी पार्वती आचार्य, समुहका सदस्यहरु महेन्द्र प्रसाद खनाल, प्रबिण बिश्वकर्मा, भोजराज पोख्रेल, जलेश्वर प्रसाद थारु, जानुका आचार्य, उमानाथ यादव लगाएतको उपस्थित रहेको थियो ।