थारु थारु कल्याणकारीको आयोजनामा रक्तदान कार्यक्रम

मेचीकाली संवाददाता

२९ पुष २०७८, बिहीबार
458 shares


तुलसी राम पौडेल
सियारी, पौस २८
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -३ हर्नैया स्थित थारु कल्याणकारी सभा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।सियारी गाउपालिकाको सहयोग एवम् नेपाल रेडक्रस सोसाइटि रक्त सन्चार भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
हो।थारु कल्याणकारी सभा समितिका अदक्ष्य धनिराम चौधरीको अदक्ष्यता, सियारी वडा नम्बर ३ का वडा अद्क्ष्य घिसन अहिरको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ५३ युनिट रगत सङ्कलन भएको थियो। रक्तदान कार्यक्रममा ३३ जना पुरुष र २० जना महिला गरी ५३ जनाले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि रक्तसन्चार इकाइ भैरहवाका हरि प्रसाद सापकोटाको नेतृत्वमा प्राविधिक टोलि खटिएको थियो।