सियारीमा माघी खिचडी महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

३० पुष २०७८, शुक्रबार
532 shares

तुलसीराम पौडेल
सियारी । थारु भाषा, कला, साहित्य, सँस्कृति औ पहिचान । संरक्षण, प्रवर्धन कैना हम्मन अधिकार भन्ने नाराका साथ रुपन्देहिको सियारी गाउँपालिका–३ हर्नैयामा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भएको छ ।

थारु कल्याणकारी सभा सियारीको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भएको हो । थारु कल्याणकारी सभा समितीका तथा नृत्य प्रस्तुत गरिएको थियो ।

थारु कल्याणकारी सभा सियारीका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता, थारु कल्याणकारी सभा समिति केन्द्रीय उपाध्यक्ष देविप्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारु तथा उपाध्यक्ष अमृता गुरुङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको महोत्सव को केन्द्रीय उपाध्यक्ष देविप्रसाद चौधरीले एक कार्यकमका बीच उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले थारु सँस्कृती र पहिचानलाई जोगाउनु पर्नेमा जोड दिए ।

कार्यकममा गाउँपालिका तथा छिमेकी गाउँपालिका अन्तरगतका विभिन्न ठाउँहरुबाट थारु सँस्कृती पहिचान झल्कने खालका झाँकिहरु तथा नृत्य प्रस्तुत गरिएको थियो । थारु कल्याणकारी सभा उपसभापति खेमबहादुर चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचिव सरिता चौधरी र सल्लाहकार मङ्गल चौधरीले गरेका थिए ।