चुरेको पहिरो नियन्त्रण गर्न थप बजेटका लागि छलफल

मेचीकाली संवाददाता

११ माघ २०७८, मंगलवार
458 shares

बुटवल । चुरेको पहिरो नियन्त्रण गर्न थप बजेटका लागि विभिन्न राजनीति दलका प्रतिनिधि र नेपाल सरकारका बन मन्त्रालयका सचिब प्रेम कंडेल बिच मंगलबार राष्ट्रपति चुरे तराइ मधेस कार्यालय त्तिलोतमामा छलफल भएको छ ।

मातृशोकमा परेका सचिब कंडेल गुल्मीबाट काठमाडौं जाने क्रममा चुरेको बारेमा व्यापक छलफल भएको हो । यस वर्ष थप ४ करोड रुपैयाँ संघिय सरकारसँग माग गर्ने निर्णय प्रदेश सरकारले गरेको चुरे तिनाउ संरक्षण समितिका अध्यक्ष कमल गौतमले बताए ।

छलफलमा चुरे तिनाउ समरक्षण समितिका अध्यक्ष गौतमले हालसम्म भएका कामको जानाकारी दिए । नेकपाका जिल्ला सदस्य घनश्याम चापागाईं र केसब पन्थिले बुटवल उपमहानगरपालिकाले गरेका काम र वडाबासिको गुनासका बारे मा जानकारी गराएका थिए । त्यसैगरि नेकपा माओबादिका बिष्णु ढकालले हरेक काम सर्बसम्मत ढङ्गले अघि बढाउदा राम्रो हुने बताए । नेपाली कांग्रेसका छाया पोखरेलले काम तिब्र गतीले अघि बढाउन आफूहरु तयार भएको बताए । राप्रपाका नेता पुनाराम पोखरेलले चुरे संरक्षण सबैको दायित्व रहेको बताए ।

राष्ट्रपति चुरे इकाइ कार्यालयका प्रमुख राजन रेग्मिले प्राबिधिक रुपले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । संघिय सरकार बन मन्त्रालयका सचिब प्रेम कंडेलले बुटवल चुरेको समस्या राष्ट्रिय समस्या भएकोले सरकारको तर्फबाट गर्नुपर्ने काम गरिने तर प्रदेश सरकार, र बुटवल उपमहानगरपालिकाले पनि पहिरो नियन्त्रणमा लगानी गर्नुपर्ने बताए । थप बजेट सम्बन्धमा सर्बेले दिएको प्रतिबेदन अनुसार आफुले पहल गर्ने बताए ।