नगर प्रहरीद्धारा मास्क र सेनिटाइजर वितरण

मेचीकाली संवाददाता

१३ माघ २०७८, बिहीबार
416 shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रहरीले बुटवलका बिभिन्न ठाउँमा मास्क तथासेनिटाइजर बितरण गरेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएको र बुटवल उपमहानगरपालिका पनि उच्च जोखिमा रहेकाले बुटवलका बिभिन्न ठाउंहरुमा सचेतनाको लागि प्ले कार्ड, पोस्टर मास्क सेनेटाइजर बितरण गरिएको नगर प्रहरि निरिक्षक जहेश्वर पाण्डेले बताए ।

पाण्डेले भारतिय सिमा नजिक भएकाले भारतबाट आउने गाडीहरुका अधिकांश सबारी चलाकहरुले मास्क को प्रयोग नगरेको पाइएको हुँदा मास्क तथा सेनिटाइजर बितरण गरिएको बताए ।