संबिधानको रक्षा र जनताकै हितका लागि काम गर्नेछु ः सांसद गैरे

मेचीकाली संवाददाता

१४ माघ २०७८, शुक्रबार
426 shares


पाल्पा । राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट निर्वाचित सांसद राजेन्द्र लक्ष्मी गैरेलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएकोछ । पाँच दलीय गठबन्धनबाट गत माघ १२ गते भएको निर्वाचनमा महिला तर्फबाट निर्वाचित गैरेलाई जिल्ला स्तरिय पाँच राजनैतिक दलहरुले स्वागत तथा सम्मान गरेका हुन ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नव निर्वाचित सांसद गैरेले २०६२÷०६३ को आन्दोलनको र्मम र त्यसको उपलब्धिीको रक्षाका साथै जनताको सेवामा सदैब काम गर्ने बताइन । उनले बिगतमा आफु सानै उमेर देखि बामपन्थी राजनैतिक क्षेत्रमा कृयाशिल रहँदै महिला बालबालिकाको हकहितका साथै जनताको हितकालागि काम गर्दै आएको र आउँदा दिनमा संबिधानको रक्षा र जनताकै हितका लागि काम गर्ने बताईन ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अनिल किशोर घिमिरेले प्रतिगामीको षडयन्त्रलाई पराजित गर्न अहिलेको गठबन्धन टुटाउन नहुने बताए । नेपाली कांङग्रस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले गठबन्धन कायम गर्न धरातलीय एकता कायम गरि राजनैतिक उपलब्धि हासिल गर्नुपर्ने बताए ।
यस्तै नेकपा (एस) का नेता यादव बहादुर रायमाझीले निर्वाचित सांसद गैरेलाई बधाई दिदै पार्टीप्रतीको उत्तरदायीत्वका साथै जनता प्रति बढी उत्तरदायी बन्न सल्लाहका साथ शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष बिशाल दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।