६० वर्षसम्म नियमित रक्तदान गर्दै समाजसेवी लुइँटेल

मेचीकाली संवाददाता

१५ माघ २०७८, शनिबार
563 shares

बुटवल । समाजसेवी लिलाधर लुइटेलले रक्तदान गर्नमा हैसला प्रदान गर्दै आइरहेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैनावगर निवासी ६० वर्षीया लुइटेलले ३८ पटकसम्म रक्तदान गरिसकेका छन् ।

उनले स्वस्थ र निरोगी व्यक्तिलाई नियमित रक्तदान गर्न प्रोत्साहन गर्दै आइरहेका छन् । शनिबार उनले ३८ औं पटक रक्तदान गरेका हुन् । बुटवलको दीप बोर्डिङ हाई स्कूलमा अध्ययनरत नातिनी अंकिता लुइटेलको जन्मदिनको अवसर पारेर रक्तदान गरेका हुन् । उनले यस अगाडि पनि नाती अरविन लुइटेलको जन्मदिन पारेर दीप बोर्डिङ स्कूलमै वृक्षरोपण गरेका थिए ।

उनले अहिलेसम्म मठ मन्दिर निर्माण, आश्रममा सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सधै सक्रिय छन् । लुइँटेल निरोगी छन् । उनले हरेक तीन÷तीन महिनामा रक्तदान गर्दै आएका छन् । उनी व्यवसायी पनि हुन् । नेपाल लुइटेल बन्धु प्रतिष्ठान केन्द्रीय सदस्य पनि हुन् ।