स्थानिय तहको निर्वाचन तत्काल घोषणागर्न एमाले पाल्पाका जनवर्गिय संगठनद्धारा ध्यानाकर्षण

मेचीकाली संवाददाता

१६ माघ २०७८, आईतवार
518 shares


नेत्र गैरे

पाल्पा । नेकपा एमाले निकट कृयाशिल बिभिन्न जनवर्गिय संगठनहहरुले जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बिज्ञप्तीमा राज्यका तिनै अंग जनताको नजरमा आलोचित हुँदै जनताको बिश्वास गुमाइ रहेका बेला ति अंगलाई जिम्मेवार बनाउनु पर्ने, स्थानियतहको निर्वाचनको घोषणा तत्काल गर्नुपर्ने भनिएको छ ।
यस्तै कोरोनाको तेस्रो लहरका कारण उत्पन्न भय, त्रास र निरासा बढ्दैजान थालेकाले जनताको जीवन रक्षाका लागि कोविड बिरुद्धको बुष्टर खोप पर्याप्त व्यवस्था गर्दै परिक्षण्को दायरा बढाउन र कोरोना नियन्त्रणका उपायहरु अवलम्वन गर्न संबन्धित पक्षको ध्यानाकर्षण गराउछौ भनिएकोछ ।
बिज्ञप्तीमा पेट्रोलियम पदार्थका साथै आधारभूत उपभोग्य बस्तुको मुल्यबृद्धिले कृत्रिम अभाव देखिन थालेकोले जनतामा चरम निराशा उत्पन्न भएकोले सरकारलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराइइकोछ ।
पाल्पा जिल्लाका डाँडापाखामा रहेका चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमितता र अपारदर्शी ढंगबाट दोहन भैरहेको संचार माध्यमबाट आएको खबरले हाम्रो ध्यानाकर्षण भएको र संवन्धित निकायले आवस्यक छानविन र नियमन गरि दोषी उपर कार्यवाहीको माग गर्दछौ ।

यस्तै बुटवल तानसेन सडकखण्ड अन्र्तगत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङमार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको बिलम्ब प्रति दुःख व्यक्त गर्दै उक्त आयोजनाहरु तत्काल अगाडी बढाउन र योजना निर्माणमा भएको ढिलासुस्ती, लार्पवाहीका कारण समयमै आयोजना सम्पन्न हुन नसक्ने र टिकाउ नहुने देखिएकोले नियमनकारी निकाय साथै नेपाल सरकारको ध्यानाकर्षण गराउछौ भनिएको छ ।

गठबन्धन सरकारले जनतालाई निराश बनाउने काम गरेको र मुलुक अहिले गम्भीर संकटमा गुज्रिरहेको भन्दै जिल्लाका समसामयिक विषयहरु समेतकाविषयहरुमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएकाहुन् ।

ज्ञापनपत्रमा नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण गर्दा समेत सरकारले चासो नदेखाएको, स्थानीयतहको निर्वाचन तत्काल घोषणा गर्नमाग, पेट्रोलियमपदार्थ सहित आधारभूत उपभोग्य बस्तुको मूल्य बृद्धि र बजारमा कृतिम अभाव देखिन थालेको, कोभिड विरुद्धको खोपको बुस्टर डोज पर्याप्त व्यवस्थागर्नुपर्ने लगाएतका विषयमा ध्यानाकर्षण गराईएको छ ।
ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सचिव तुलबहादुर अधिकारीले कोरोना परिक्षणको दायरा बढाउन र कोरोना नियन्त्रणका प्रभावकारी उपायहरु अवलम्बनगर्न, बजारमा सिटामोलको समेत अभावहुनु, औषधिजन्य बस्तुहहरुको कृतिम अभाव र चर्को मुल्यका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको बताए ।

युवा संघ, अनेरास्ववियु, अखिल नेपालमहिला संघ, मुक्ती समाज, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, जिफण्ट, पेशागत महासंघ, मगर संघ, भू.पु सैनिक तथा प्रहरी महासंघका प्रतिनिधिले निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठलाई ज्ञापन पत्र बुझाएकाहुन् ।